Play

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल

गुरुकुल खबर


पोखरा, नयाँ आर्थिक वर्ष सुरु भएसँगै सेयर बजारमा उछाल आएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको हो । ४७.०७ अंकले बढेको बजार २१४४.१६ विन्दुमा उक्लिएको छ । यो २.२४ प्रतिशतको बढोत्तरी हो । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरुमा सकारात्मक वृद्धि देखियो ।

नेप्सेका अनुसार सबैभन्दा धेरै (४.१४ प्रतिशत) विकास बैंकका लगानीकर्ताले कमाए । वित्त, होटल एण्ड टुरिजम र बैंकिङ सव इण्डेक्समा समेत लगानीकर्ताको आकर्षण देखियो । सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको भएको छ ।

बीपीडब्यू लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको कारोबार आज सकारात्मक सर्किट लेवलमा भएको छ । कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ, सानिमा लार्ज क्याप फण्डसहितका धितोपत्रको मूल्य धेरैले घट्न पुगेको छ ।

सोमबार शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको अधिक कारोबार भएको छ ।

१ श्रावण २०८०, सोमबार १५:४५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा