काठमाडौं । शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न अधिवेशनबाट नेतृत्व लिनका लागि उमेदवारी दर्तागरिएको छ। आगामी शनिवार हुने निर्वाचनका लागि ईक्यानको नेतृत्व लिन शेषराज भट्टराई,विष्णुहरी पाण्डे, कृष्ण हरी केसी र देविदास भट्टराई गरि चार जनाको उमेदवारी परेको छ !अध्यक्ष सहित कार्य समितिका सबैपदमा शेषराज भट्टराई र विष्णुहरी पाण्डेको प्यानल चुनावी मैदानमा उत्रिएको भएपनि अन्य पदमा उमेदवारीदिनेहरु स्वतन्त्र रुपमा चुनावी मैदानमा देखिएका छन ।
भट्टराई प्यानलबाट उपाध्यक्ष पदमा श्रीराम पौडेल, गिता शिवाकोटी ( गितान्जली) र दयाराम थापाको उमेदवारीपरेको छ भने पाण्डे प्यानलबाट लक्ष्मण पौडेल, भुवन बहादुर क्षेत्री र प्रकाश श्रेष्ठको उमेदवारी परेको छ ।प्यानलमा नरहेर पनि चुनावी प्रतिस्पर्धामा उत्रिने उपाध्यक्षका उमेदवारहरुमा बिमल मान राजभण्डारी, राजनगोदार, पुष्पराज भट्टराई र वाई वि पौडेल रहेका छन।
यसैगरि भट्टराई प्यानलबाट महासचिवमा दिपक राज भुषाल,सचिवमा भवनाथ हुमागाई र रत्न बहादुर भट्टराई, कोषाध्यक्षमा आशिष कार्कीले उमेदवारी दिएका छन भने पाण्डे समुहबाट महासचिवमा विष्णु देवदाहाल,सचिवमा शिव प्रसाद त्रिपाठी र फ़िलिप कुमार दोंग क्षेत्री, कोषाध्यक्षमा विनोद कुमार सुबेदीकोउमेदवारी परेको छ।सह कोषाध्यक्षमा भट्टराई समुहबाट बिकल्पराज पोखरेल र पाण्डे समुहबाट हेमराजसिग्देल उमेदवार बनेका छन । सचिव पदमा आई पि गोले तामांगले स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका छन ।
सदस्य पदमा भट्टराई समुहबाट गोविन्द खनाल, हेमराज थापा,रमेश लुईंटेल, सुवर्ण बस्नेत,उमा खड्का पाठक, बिजय कुमार बस्नेत, बसन्त पाण्डे र राजेश श्रेष्ठको उमेदवारी परेको छ भने पाण्डे समुहबाट आशिषरायमाझी,सुरज शिलवाल, शटेन्द्र झा,शशि प्रसाद भट्टराई,साधना पुडासैनी, शिव प्रसाद अर्याल, शान्त कुमारशर्मा,श्रीराम गिरी र मन्जित ढकालले उमेदवारी दर्ता गराएका छन । सदस्य पदमा अन्य केहीले स्वतन्त्र रुपमासमेत उमेदवारी दिएको बुझिएको छ ।
प्यानल सहित चुनावी मैदानमा उत्रिएको भट्टराई समुहले डिग्निफाईड मेम्बर, भाईब्रेन्ट ईक्यानको नारा अगाड़ीसारेको छ भने पाण्डे समुहले सहि व्यक्ति सही स्थान, सुदृढ़ र समृद्ध ईक्यानको नारा अगाड़ी सारेर चुनावमाहोमिएको छ ।
अध्यक्षका प्रत्याशी मध्ये पाण्डेलाई नेकपा एमाले निकट मानिन्छ । उनले यस अगाडी पनि अध्यक्ष रहेर कामगरिसकेका छन । भट्टराई भने राजनीतिक रुपमा स्वतन्त्र जस्तै मानिन्छन । उनी बर्तमान उपाध्यक्ष भएकोलेअध्यक्षको उमेदवारी स्वभाविक रहेको बताउंछन।