Play

इक्यान अधिवेशनः भट्टराईको समूहबाट उपाध्यक्षमा गीताको उम्मेदवारी

गुरुकुल खबर


काठमाडौं । शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न अधिवेशनमा अध्यक्षका उम्मेदवार शेषराज भट्टराईको समूहबाट उपाध्यक्षमा गीता सिवाकोटी (गीताञ्जली)ले  उम्मेदवारी दिने भएकी छिन् ।

कास्की इक्यानको कोषाध्यक्ष हुँदै केन्द्रमा आएकी सिवाकोटीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेकी हुन् । प्रष्ट दृष्ट्रिकोण र प्रभावकारी योजना बनाउन सक्ने खुबी भएकी उनले संस्थाको थप उन्नयनका लागि आफूले उम्मेदवारी दिने तयारी गरेको बताइन् ।

देशको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको इक्यानलाई राज्यले आवश्यक सम्बोधन गर्न सकेको छैन’, गीताले भनिन्, ‘इक्यानलाई राज्यकै अंगको हिसाबमा विकास गर्न जरुरी छ । त्यसकै लागि मैले उम्मेदवारी घोषणा गरेकी हुँ ।’

सिवाकोटीलाई इक्यानभित्र निकै सशक्त प्रतिस्पर्धीका रुपमा लिइन्छ । सिवाकोटीसँगै अध्यक्षका उम्मेदवार भट्टराईको समूहबाट अन्य पaदाधिकारीमा पनि सशक्त उम्मेदवारहरु मैदानमा उत्रँदैछन् ।

नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंमा इक्यानको अधिवेशन हुँदै छ । इक्यानको अध्यक्षका लागि अहिलेका उपाध्यक्ष शेषराज भट्टराईले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको भट्टराईको भनाइ छ ।

२७ असार २०८०, बुधबार २३:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा