Play

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते लिइने

गुरुकुल खबर


पोखरा, माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षा आगामी साउन महिनामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते लिइने जानकारी दिएको हो ।

नियम अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा २ विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले स्पष्ट पारेको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने जनाइएको छ ।

सूचनामा परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् भनिएको छ । १ विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो । त्यसमा २२ हजार ४ सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड प्राप्त गरेका थिए ।

२४ असार २०८०, आईतवार १२:५६ मा प्रकाशित
Nabintech