Play

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंह, सिंहकी धर्मपत्नी र भाउजूको घटनास्थलमै मृत्यु

गुरुकुल खबर


धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । मंगलबार बझाङमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहलाई तत्कालै उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो ।

उनको कोहलपुस्थित मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बेलुकी ५:३३ बजे निधन भएको हो । मन्त्री सिंहसँगै घाइते भएका सवारी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि कोहलपुर लगिएको थियो । उनीहरूको उपचार भइरहेको छ ।

बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार मगलबार दिउँसो बझाङमा भएको सडक दुर्घटनामा परेर मन्त्री सिंहकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । मन्त्री सवार गाडी मंगलबार दिउँसो पौने २ बजे बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा दुर्घटना भएको हो ।

५ असार २०८०, मंगलवार २२:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा