Play

अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण असम्भव – काँग्रेस कावा सभापति खड्का

गुरुकुल खबर


काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको जिकिर गरे ।

उनले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्न सके मात्रै रूपान्तरण सम्भव भएको बताए। पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको उनको तर्क थियो ।

पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने उनको भनाइ थियो। उनले पार्टीमा सबैले निष्ठाको सङ्कल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको बताए। कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताए।

उपप्रधानमन्त्री खड्काले नयाँ सकलबाट सबै एकताबद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने जिकिर गरे।

४ असार २०८०, सोमबार २१:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा