Play

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

गुरुकुल खबर


काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराज आचार्यलाई प्रदान गर्नुभएको छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा आज शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पु¥याएवापत डा आचार्यलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।
फोटो संलग्न छ ।

२३ जेष्ठ २०८०, मंगलवार २१:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा