तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Thursday, June 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

गुरुकुल खबर गुरुकुल खबर
२०८० जेष्ठ १२ मा प्रकाशित
in अपराध, Breaking News, विशेष, समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
27
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको छ ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनपछि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिएको अभियोगपत्रमा ३० अभियुक्तका ४३ प्रमाण उल्लेख गरिएको छ । जसमा प्रहरीसमक्ष जाहेरवालाले बुझाएका फुटेजदेखि, बैंक भौचर र चेकसम्म प्रमाणका रूपमा छन् । यस्तै, अभियुक्तका मोबाइलमा भेटिएका म्यासेज, उनीहरूबाट बरामद कागजात र आर्थिक लेनदेनका विषयसम्म प्रमाणका रूपमा छन् ।

जिल्ला सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा उनीहरूलाई विभिन्न पाँच कसुरमा मुद्दा अघि बढाउन राय दिइएको छ । उनीहरूमाथि ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।

अभियोगपत्रमा प्रतिवादीका बयानसँगै अन्य दसी प्रमाणसमेत पेस गरिएको छ । सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा जाहेरवालाले जाहेरी दरखास्त साथ दिएका पेनड्राइभमा वारदातको मिति र समयसहितका फुटेज राखिएको छ ।

यसैगरी, भिडियोसहितको सीडी तथा फोटो, प्रतिवादीहरूको खातामा रकम जम्मा गरेको बैंक भौचरको प्रतिलिपि, प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त परीक्षण प्रतिवेदन, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्राप्त प्रतिवादी सन्देश शर्माले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीका नाममा काटिएका सक्कल पाँच थान चेक पेस गरिएको छ ।

यसैगरी, प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भएको नबिल बैंक लेखिएको र भित्र विभिन्न पानामा भुटानी शरणार्थीसम्बन्धीको रकम विवरण उल्लेख गरिएका डायरीसमेतलाई अभियोगपत्रमा दसी प्रमाणका रूपमा उल्लेख गरिएको छ ।

यस्तै, प्रतिवादीले प्रयोग गर्ने मोबाइल र सीमकार्डसमेत प्रमाणका रूपमा उल्लेख गरिएको छ । प्रहरीले घटनासँग जोडिएका सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल तथा फोटोकपी, राजस्व दाखिला गरेका भौचर, सम्बन्धित व्यक्तिले फरकफरक रूपमा विभिन्न बैंकमा जम्मा गरेको रकमको भौचर, केही जग्गाधनीका सक्कल पुर्जा, अभियुक्तबाट बरामद डायरी, हस्तलिखित कागजातसमेत प्रमाणका रूपमा पेस गरेको छ ।

यसैगरी, अभियुक्तहरूले प्रयोग गरेका एकै सवारीका फरकफरक नम्बर प्लेट तथा ब्लुबुकसमेत प्रमाणका रूपमा अभियोगपत्रमा पेस गरिएको छ ।

सो प्रकरणमा पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् ।

यसैगरी, सोही प्रकरणमा केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन्।

यस्तै, प्रहरीको फरार सूचीमा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरज राईसहित केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनितासावदेन लिम्बू, निरञ्जनकुमार खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशिष बुढाथोकी छन् ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ संगठित रूपमा ठगी गरी लाभ लिएको पुष्टि भएको भन्दै जाहेरवालालाई दिलाइभराइ पाउन माग दाबी गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.