Play

सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने

गुरुकुल खबर


काठमाडौँ — कक्षा ९-१२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पठनपाठन र परीक्षा नेपाली कि अंग्रेजीमा भन्ने विवाद देखिए पनि अन्ततः पठनपाठन र परीक्षाको माध्यम भाषा नेपाली नै हुने भएको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषयको माध्यम भाषा नेपालीमात्र हुने तय गरेको छ ।

कक्षा १२ को परीक्षा सुरु हुनुअघि राष्ट्रिय परीक्षा बोर्डले सामाजिक अध्ययन विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारेपछि विद्यार्थी, शिक्षक र अभिभावक द्विविधामा परेका थिए ।

निजी र अंग्रेजी माध्यममा पठनपाठन गराउने विद्यालयले सामाजिक विषय पनि अंग्रेजी माध्यममा नै पठनपाठन हुनुपर्ने र परीक्षा पनि अंग्रेजी माध्यमबाटै दिन पाउनुपर्ने माग राख्दै आएका छन् ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालगायत बोर्डका केही कर्मचारीले विद्यालयहरूलाई अंग्रेजीमा पनि परीक्षा दिन पाउने बताएका कारण झनै विवाद देखिएको एक शिक्षकले गुनासो गरे ।

पाठ्यक्रम, पाठ्यपुस्तक, माध्यम भाषा तय गर्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रले पाएको छ । बोर्डका कर्मचारीले निजी विद्यालयको दबाबमा नमुना प्रश्नपत्र अंग्रेजीमा पनि बनाएको आरोप शिक्षकहरुले लगाएका छन् ।

२७ बैशाख २०८०, बुधबार ०६:५३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा