Play

दार्चुलामा हिमपहिरोमा परेर हराएका १२ जनामध्ये सात जना सम्पर्कमा

गुरुकुल खबर


धनगढी, वैशाख १९ गते । दार्चुलामा हिमपहिरोमा परेर मंगलबार दिउँसो २ : ४५ बजेतिर यार्सागुम्वा टिप्न गएका हराएका १२ जनामध्ये सात जना सम्पर्कमा आएका छन् । अझै पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

दार्चुलाको व्यास गाउँपालिका –१ को भोलमको हिमपहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्ट सम्पर्कमा आएको सशस्त्र प्रहरी गुल्म छाङ्ग्रुका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक तर्क पाण्डेले बताउनुभयो ।

उहाँले घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको सम्पर्कमा विष्ट आएको र अरु छ जना गाउँतिर लागेको उहाँले जानकारी दिनुभयो ।

अहिले वेपत्ता रहेका दार्चुलाको दुहुका दुई जना र डोटी बुडरका तीन जना रहेको सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो । उहाँका अनुसार हराइरहेकामध्ये डोटीका तीनै जना महिला तथा दुहुका एक महिला र एक पुरुष छन् ।

१९ बैशाख २०८०, मंगलवार २०:२१ मा प्रकाशित
Nabintech