Play

पोखरामा ईन्जिनियरिङ र नर्सिङ क्याम्पसमा मात्र मनोनयन दर्ता, नेविसंघको तर्फबाट नर्सिङ क्याम्पसमा को को ?

गुरुकुल खबर


पोखरा, आगामी चैत्र ५ गते हुने स्वतन्त्र विधार्थी युनियनको निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको समय तालिकामा पोखरामा रहेका कलेजहरु मध्ये दुईवटा कलेजमा मात्र विधार्थी संगठनबाट उमेदवारी दर्ता भएको छ ।
स्वबियुको चुनाब हुने भनिएका कलेजहरु पृथ्वीनारायण बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र बन विज्ञान अध्ययन संस्थानको पोखरा क्याम्पसमा विभिन्न बिधार्थी संगठनको नामबाट तालाबन्दी गरिएको र तालाबन्दी खुलेपनि अन्य बिवादका कारण निर्वाचन कार्यक्रम प्रभावित भएकोले उमेदवारी दर्ता गर्ने कार्य प्रभावित हुन पुगेको हो ।
बिन्दुवासिनी संस्कृत क्याम्पसमा भने आईतबार मात्र उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा क्याम्पसको स्वतन्त्र विधार्थी युनियनको लागि नेपाल बिधार्थी संघको तर्फबाट सभापतिमा अनुष्ठा चापागांई, सचिवमा ममता शर्मा, कोषाध्यक्षमा कृष्टिना कायस्थ र सदस्यहरुमा अन्जु थापा, सुष्मा बराल, सरस्वती खनाल,सुस्मिता जयसवाल र संचिता दाहालले खुला तर्फबाट उमेदवारी दर्ता गराएका छन ।
नेविसंघको तर्फबाट समानुपतिक सदस्यमा श्वेता कोईराला, नम्रता चापागाईं, विष्णु सापकोटा, विना मुस्याखो, सुस्मा चौधरी, स्विकृति पन्त र करुणा गौतमको उमेदवारी परेको जानकारी नेविसंघ कास्कीका उपसभापति एवं नर्सिंग क्याम्पसमा नेविसंघ कास्कीको प्रतिनिधि महादेव गिरीले गुरुकुल खवरलाई जानकारी दिए ।
नर्सिंग क्याम्पसमा नेकपा एमाले निकट अनेरास्वबियुको तर्फबाट सबै जसो पदमा प्यानल नै उमेदवारी दर्ता भएको छ । जस अनुसार अनेरास्वबियुले अन्जना अधिकारीलाई सभापतिको उमेदवार बनाएर उनकै नेतृत्वमा प्यानल तयार गरेको छ।

२७ फाल्गुन २०७९, शनिबार २२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा