Play

प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपि तीन दिनपछि पक्राउ

गुरुकुल खबर


जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित तीन दिनपछि पक्राउ परेका छन् ।
गत आइतबार साँझ करिब ७ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका–३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बीचको नहरमा हाम फालेर फरार भएका सबैला नगरपालिका–१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मंगलबार राति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकनन्दनी गाउँपालिका–१ इनरुवास्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकेर बसेको अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

यता फागुन ५ गते जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रो पटक म्याद थप गरी लैजाँदै गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीमाथि प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक गौतमले बताए ।

१७ फाल्गुन २०७९, बुधबार २२:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा