Play

नेपाली समाजको सजिव चित्रण – ”आतुरकाल”

गुरुकुल खबर


पोखरा । एउटा व्यक्तिले जीवनमा भोग्नु परेको पीडा, दुःख र सघंर्षको पहाडको कथा हो नाटक ”आतुरकाल” ।

गत फागुन ५ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भईरहेको नाटक आतुरकालले मुलुकमा परिवर्तनका नाममा भएको आन्तरिक द्वन्द्व र आमनागरिकले भोग्नु परेको पिडा प्रस्तुत गर्न सफल भएको छ ।

परिवर्तनको नाममा भएका संघर्ष, त्यो संघर्षले फेरिएको व्यवस्था तर जनताको बदलिन नसकेको अवस्थाका बारेमा लेखक केदारनाथ पौडेलले नाटकमा सरल रुपमा प्रस्तुत गरेका छन् । नाटक मार्फत नेपाली समाजको चित्रण गर्नु लेखक पौडेलको विशेषता हो । आतुरकालमा पनि सामाजिक विषय वस्तुलाई जस्ताको तस्तै उजागर गर्नु नाटकको सुन्दर पक्ष मान्न सकिन्छ ।

नाटकलाई आकर्षक बनाउन र जिवन्त दिन निर्देशक कपिल शर्माले गरेको मेहनत तारिफ योग्य छ । निर्देशक शर्माको भनार्ईमा आतुरकाल एउटा मान्छेको जीवन चक्र हो । एउटा मान्छेले जन्मेदेखि मृत्यूवरण गर्ने बेलासम्म सामना गर्ने विभिन्न परिस्थितिहरुको कथा आतुरकालमा पाउन सकिन्छ ।

नाटकलाई जीवन्तता प्रदान गर्न कलाकारहरुले धेरै मेहनत गरेका छन् । कलाकारहरु राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र अर्जुन गुरुङले नाटकलाई जिवन्त बनाएका छन् ।

एकलापमा आधारित नाटक आतुरकालमा कलाकार राजेन्द्र अधिकारीले दर्शकलाई एक घण्टासम्म बाधीराख्न सफल छन् । कलाकारको हैसियतले नाटकमा अधिकारीले पूर्ण न्याय गरेका छन् । तारिफ योग्य अभिनय र सामाजिक कथावस्तुका कारण आतुरकालले दर्शकको मन छुन सफल भएको छ ।

”कथावस्तु, निर्देशन पक्ष र कलाकारहरुको जीवन्त अभिनयले नाटक उत्कृष्ठ बनेको छ” मंगलबार नाटक हेरेपछि प्रतिक्रिया दिदै घनश्याम पौडेलले भने ”आतुरकालमा मुलुकको यथार्थता देख्न सकिन्छ ।”

इन्द्रेणी थिएटरको प्रस्तुतिमा तयार भएको नाटकको मञ्चनमा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेका छन् भने सह–निर्देशन लक्ष्मण डुम्रेले गरेका छन् ।

नाटकको बीच बीचमा कारुणिक सारङ्गीको धुन भरेर अझ नाटकलाई मौलिकताभित्र जीवन्तता दिने काम शिवहरि अर्यालले गरेका छन् ।

नाटक फागुन ११ गतेसम्म मञ्चन हुने छ ।

 

१० फाल्गुन २०७९, बुधबार २२:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा