Play

प्रचण्ड वालुवा हो जति पेले पनि तेल नस्किने भएका कारण भेटेर के गर्नु ? – केपी ओली

गुरुकुल खबर


काठमाडौं । माओवादी केन्द्रले राष्ट्रपतिको विषयमा २०७९ फागुन १३ गते विहानमात्रै आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । कुन दल र नेताको नाममा सहमति हुन्छ भन्ने प्रष्ट नभएपछि माओवादी केन्द्रले जानाजान ढिलाई गर्न लागेको हो ।

पुरानो सहमति अनुसार एमालेलाई राष्ट्रपति दिन माओवादी केन्द्रले साथ दिनुपर्ने भएपनि पछिल्ला दिनमा बिग्रिंदै गएको सम्बन्धका कारण एमाले र माओवादी केन्द्रको दुरी बढ्दै आएकोले राष्ट्रपतिबारे विभिन्न दल र अनावश्यक पात्रको विषयमा समेत छलफल हुन थालेको छ ।

माओवादी केन्द्रले जसलाई सहयाेग गर्ने निर्णय गर्छ, उसलै चुनाव जित्ने संभावना भएका कारण एमाले र कांग्रेस माओवादीको साथ  खोजिरहेका छन् । कांग्रेस चाहिँ गठबन्धन भत्काउने गरी माओवादीसँग सहकार्य गरेर अघि बढ्न खोजिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रष्ट कुरा गर्न छाडेपछि एमाले अध्यक्ष केपी ओली भने २०७९ फागुन १३ गतेभन्दा अघि प्रधानमन्त्री प्रचण्डसँग नभेट्ने मनसायमा पुगेकाे खबर छ ।

‘प्रचण्ड वालुवा हो जति पेले पनि तेल नस्किने भएका कारण भेटेर के गर्नु’ भनेर केपी ओलीले बताउन थालेका छन् । जे गर्ने हो  प्रचण्डले गर्छन, पटकपटक छलफल के गर्नु भन्ने अवस्थामा अध्यक्ष ओली रहेको उनीनिकटहरु बताउँछन् ।

प्रचण्डले एमालेको राष्ट्रपति बनाउन नसक्ने भनेर सन्देश चाहिँ दिईसकेका छन् । वाम पृष्ठभूमि अर्को व्यक्तिलाई समर्थन गरेर जाऔं भनिरहेका छन् । प्रचण्डनिकट स्रोतका अनुसार, पछिल्ला दिनमा प्रचण्ड माधव नेपाल, झलनाथ खनाल, अमिक शेरचन र बाबुराम भट्टराईमध्ये कसैलाई राष्ट्रपति बनाउन सकिन्छ भन्ने सोचमा रहेका छन् । एमालेको समर्थन उनीहरुमध्ये कसैलाई राष्ट्रपति बनाउन सकियो भने हुने थियो भन्ने गरेका छन् ।

अहिलेको गठबन्धनको विकल्पमा जान प्रचण्डलाई गाह्रो भएका कारणले त्यस्तो बताउने गरेका हुन् । माधव नेपालसँग निरन्तरको छलफल पनि त्यसैका लागि भएको बताइएको छ ।

२०७९ फागुन ८ गते सोमबार दिउँसो पनि प्रचण्डले माधव नेपालसँग भेटघाटमा यस्तै कुरा गरेको बताइएको छ । यद्यपि, माधव नेपालले आफ्नो नाममा सहमति गर्नुहोस् भनेर आफैले प्रस्ताव गर्न गाह्रो मानेका भएपनि अनौपचारिक रुपमा भने भनिसकेको पनि बताईएको छ।

९ फाल्गुन २०७९, मंगलवार ०९:२५ मा प्रकाशित
Nabintech