Play

अधिकारकालागि एकताको आवश्यकताः मन्त्री गाहामगर

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले जनसँख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न नसक्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको दोस्रो ठुलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीले आयोजना गरेको ‘वृहत खुल्ला सांस्कृतिक तथा मौलिक नृत्य प्रतियोगिता एवं प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो धारणा राखेका हुन् ।

उनले आदिवासी जनजाति समुदायको जनसँख्या धेरै भएपनि पहुँचको हिसाबले कमजोर रहेको बताए । ‘आदिवासी जनजाति समुदाय संख्याको हिसाबमा धेरै छौं । सँख्याको हिसाबमा धेरै भएपनि विचार, संघर्ष र पहुँचमा पछाडी छौं, मन्त्री गाहामगरले भने, ‘त्यसैले अब आदिवासी जनजातिको मौलिक हकका निम्ति एकढिक्का र गम्भीर हुन जरुरी छ ।’
मन्त्री गाहामगरले विद्यार्थी नेताहरुलाई फरक–फरक पार्टीमा आवद्ध भएपनि समुदायको अधिकार प्राप्तिका लागि एकढिक्का भएर लाग्नसमेत सुझाब दिएका थिए ।

यसैबीच आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीको आयोजना र नेपाल मगर विद्यार्थी पृथ्वीनारायण क्याम्पस किमिटीको सहआयोजनामा सम्पन्न वृहत खुल्ला सांस्कृतिक तथा नृत्य प्रतियोगितामा सामुहिकतर्फ डिडी डान्स स्टुडियो प्रथम भएको छ ।

यस्तै न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्धितीय, फुलमुन डान्स स्टुडियो तृतीय र दीप मगर समाज र ज्ञानु बाबा बोर्डिङ स्कुलले सान्त्वना स्थान हाँसिल गरे ।

सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका समूहलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार रसान्त्वना भएका दुई समूहलाई समान २÷२ हजार नगद राशी प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष अर्जुन बरामले जानकारी दिए ।
उनका अनुसार एकल नृत्यतर्फ यसोधा रोका प्रथम, सरु खत्री द्धितीय र डानियाल तृतीय भइन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका थिए ।

५ फाल्गुन २०७९, शुक्रबार २३:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा