Play

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी

गुरुकुल खबर


पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन्।

शनिबार भएको पाँचौ अधिवेशनबाट सर्वसम्मत रुपमा आगामी तीन बर्षको लागि अधिकारी संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी, कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ रहेका छन।

त्यस्तै संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी सर्वसम्वत चयन भएका हुन् ।

उक्त अवसरमा संघले अग्रज कलाकार माओत्से गुरूङलाई सम्मान गरेको छ । त्यस्तै संघले जितप्रसाद द्धा चलचित्र पत्रकारिता पुरस्कारबाट पुर्व अध्यक्ष रेम बिक र पत्रकार राजाराम पौडेललाई पुरस्कृत गरेको छ । उनीहरुलाई पोखराका मेयर धनराज आचार्य, पूर्व अध्यक्ष अरुण गिरी लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कारको राषि सम्मान पत्रको साथमा जनही २५ हजार रहेको छ ।

संघले संस्थापक अध्यक्ष श्रीराम सिग्देल सहित संस्थापक सदस्यहरूलाई सम्मान गरेको छ ।

संघका कार्यवहाक अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षमा  सम्पन्न कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष कुबर डंगोल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पुरस्कार छनोट समितिको संयोजक एवं महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, जिफानका अध्यक्ष गुन्जमान गुरुङ लगायतले आफ्ना भनाई राखेका थिए ।

 

२९ माघ २०७९, आईतवार ११:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा