Play

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

गुरुकुल खबर


पोखरा, लोक तथा दोहोरी गित संगितमा सक्रिय कलाकारहरुको साझा एवं छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी कलाकारहरुले अध्यक्ष सहित कार्यसमितिमा बहुमत सदस्यहरु जित्न सफल भएका छन ।

सहमतिका आधारमा नेतृत्व चयन गरेमा अध्यक्ष समेत छोड्न तयार रहेको भनि प्रजातन्त्रबादी कलाकारहरुले गरेको आग्रहलाई वेवास्ता गर्दा चुनाव हुन पुगेको र चुनावी प्रक्रिया बाट पनि कांग्रेस निकट कलाकारहरु नै बिजयी हुन पुगेका हुन ।

यस अगाडी बामपन्थी र त्यसमा पनि नेकपा एमाले निकट कलाकारहरुको प्रभाव प्रतिष्ठानमा रहंदै आएको थियो ।

गण्डकी प्रदेश कार्यसमितिमा अध्यक्ष राजन कार्की सहित बहुमत पदाधिकारी र सदस्यहरु प्रजातन्त्रबादी वा कांग्रेस निकटले जित्न सफल भएपनि वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष सहित केही पदमा एमाले समर्थित कलाकार बिजयी भएका छन ।

प्राप्त जानकारी अनुसार अध्यक्ष राजन कार्की, प्रथम उपाध्यक्ष दिलु लामा, महिला उपाध्यक्ष मन्जु बिक, सचिव राम्जी पौडेल, महिला सचिव ज्योती लोहनी, कोषाध्यक्ष कृष्ण सुवेदी र सहकोषाध्यक्ष हुम गुरुडं  कांग्रेस निकट हुन भने वरिष्ठ उपाध्यक्ष माया गुरुडं,उपाध्यक्ष प्रेमराज अधिकारी र सह सचिव दिपक पौडेल कम्युनिस्ट निकट मानिन्छन् ।

सोमबार राति सम्पन्न अधिवेशनमा कार्कीले प्रतिद्धन्द्धी पूर्ण परियारलाई ५ मतान्तरले पराजित गरेका हुन् । खसेको १६४ मतमा कार्कीले ८२ प्राप्त गरे भने परियारले ७७ मत प्राप्त गरे ।

यस्तै वरिष्ठ उपाध्यक्षमा माया गुरुङ निर्वाचित भएकी छिन् । उनले १०० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी केशव देवकोटाले ५६ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा दिलु लामा निर्वाचित भएकी छिन् । उनले ८६ मत पाउँदा निकटतम प्रतिस्पर्धी आरसी पौडेलले ६९ मत प्राप्त गरे ।

द्वितिय उपाध्यक्षमा तीन जनाको उम्मेदवारी थियो । जसमा जय नारायण लम्सालले २६, प्रेमराज अधिकारीले १०७ र अकल विरही गुरुङले १५ मत प्राप्त गरे । यसरी आगामी कार्यकालका लागि द्वितिय उपाध्यक्षमा अधिकारी निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षमा मञ्जु विक निर्विरोध निर्वाचित भएकी छिन् । सचिव पदमा रामजी पौडेल पनि निर्विरोध निर्वाचित भएका छन् । यस्तै महिला सचिवमा ज्योती लोहनी पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

कोषाध्यक्षका पदका लागि केशव घिमिरे र कृष्ण सुवेदीको प्रतिस्पर्धामा सुवेदी विजयी भएका छन् । उनले ९७ मत प्राप्त गर्दा घिमिरेले ४६ मत पाए ।

सहसचिव पदका लागि पनि तीन जनाको प्रतिस्पर्धा थियो । जसमा दिपक पौडेल, विमल जिसी र प्रेम बस्याल रहेका थिए । सहसचिवमा पौडेल ६४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धीद्वय जिसी र बस्यालले क्रमशः ३५ र ५० मत प्राप्त गरे । सह—कोषाध्यक्ष पदमा होम गुरुङ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धीद्वय अनिता पन्त र निशा पोख्रेलले क्रमशः४२ र २४ मत प्राप्त गरे ।

कार्यसमिति सदस्यमा भने सर्वसम्मत भयो । जस अुनसार महिला सदस्यमा मधु चापागाई, टौसेवा गुरुङ सविना, सुनिता नेपाली, सपना परियार चयन भए । भूगोलतर्फ स्याङजाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, बाग्लुङबाट हरी सुनार, कास्कीबाट माधव चापागाई, तनहुँबाट विष्णु पराजुली अधिकारी, लमजुङबाट टसबहादुर गुरुङ, नवलपुरबाट विष्णु कुमार वाग्ले, गोरखाबाट विकास नेपाली, पर्वतबाट सरस्वती लामिछाने निर्वाचित भए । यसैगरी खुल्ला सदस्यहरुमा ज्ञानेश्वर सुवेदी, प्रकाश बराल, सन्दीप परियार, विक्रम गुरुङ, धिरन थापा, कृष्ण गैह्रे, टेक क्षेत्री चयन भए । कार्कीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको कार्याकाल तीन वर्षको हुनेछ ।

अध्यक्षका प्रत्यासी पूर्ण परियारलाई ५ मतको अन्तरमा पराजित गरेर अध्यक्ष निर्वाचित भएका राजन कार्कीले अग्रजहरुले अवमुल्यन गर्दा सर्वसम्मत नेतृत्व चयन हुन नसकेको बताए । ‘हलो नअड्काउनको लागि मैले वरिष्ठ उपाध्यक्षमा चित्त बुझाउन खोजेको थिएँ, सबैको संस्था हो, मिलेर जाऊँ सबै अटाउनुपर्छ अग्रजहरुले मिलाउन त्यति धेरै पहल गर्नुभएन’, उनले गुनासो गरें ।

सबै पदमा सर्वसम्मत गर्ने प्रयास भाँडिदा मुख्य पदहरुमा निर्वाचन भएको हो । सर्वसम्मतको नाममा महिला कलाकारलाई पछाडि पाखा लगाउन खोजिएको भन्दै उनीहरुले विरोध जनाएका थिए । निर्वाचन प्रक्रिया लम्बिदा कतिपय प्रतिनिधि घर फर्किसकेका थिए । १ सय ९९ प्रतिनिधिमा मतदान कार्यमा १ सय ६४ प्रतिनिधि सहभागी भएका थिए । अधिवेशनमा गण्डकी प्रदेशका ९ जिल्लाका झण्डै ३ सय प्रतिनिधिको सहभागिता रहेको थियो ।

‘सर्वसम्मतको प्रयास सफल नभएपछि चुनावी प्रक्रियामा गइयो । जित हार स्वभाविक हो । मलाई जीत हात प¥यो । अत्यन्त खुसी छु । यो जित मात्र हैन जिम्मेवारी पनि थपिएको महशुस गरेको छु । मलाई साथ दिनेलाई निरास बनाउने छैन । म सक्षम छु गर्नसक्छु भन्दा पनि केही वाधा अवरोध आएका थिए । तर नडगमगाइकन निर्वाचन प्रक्रियामा होमिएँ’, कार्कीले भने ।

अध्यक्षका प्रत्यासि परियारले कार्की आफ्नो मिल्ने साथी भएको बताउँदै चुनाव लड्न पटक्कै मन नहुँदा नहुँदै निर्वाचनमा होमिएको सुनाए

हिजो निवर्तमान अध्यक्ष सुरेन्द्र गुरुङले सुरु गरेर पुरा गर्न बाँकी रहेका अधुरा कामहरुलाई उहाँसँगकै सहकार्यमा पूरा गर्नेछु’,उनले भने। यसका अलावा लोकदोहोरीमा भएका विकृति विसंगतिहरुलाई हटाउन समेत भूमिका खेल्ने कार्कीले बताए । आफूले कलाकारिताबाट आएको आम्दानीले हात मुख जोर्नेदेखि परिवार चलाउनेसम्मका सबै काम गरिरहेकोले संस्थाको नाम अनुसार कलाकारकै हितमा निरन्तर काम गर्ने उनले बताए ।

गण्डकी प्रदेशको मनाङ र मुस्ताङ जिल्लामा भने हालसम्म प्रतिष्ठानको जिल्ला शाखा गठन हुन सकेको छैन ।

लोकदोहोरी गायक एवम् प्रतिष्ठान केन्द्रका प्रथम उपाध्यक्ष पशुपति शर्माको संयोजकत्वमा १६ सदस्यीय निर्वाचन मण्डल कमिटि गठन गरिएको थियो । जसमा सह—संयोजक जीवन दाहाल, सदस्यहरुमा रामजी खाँड, दिपक खड्का, सुभाष केसी, राधिका हमाल, शिव हमाल, सरला पाण्डे, तारानाथ आचार्य, शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, तारापति सुवेदी, पार्वती जिसी रहेका थिए । निर्वाचन अधिकृत दुर्गा प्रसाद कोइराला थिए ।

 को हुन् नवनिर्वाचित अध्यक्ष राजन ?

बुबा पद्मबहादुर र आमा रिमाको कान्छो सन्तानको रुपमा स्याङजा जिल्लाको विचारी चौतारामा २०४५ साल मंसिर महिनामा जन्मिएका कार्की बाल्यकालदेखि नै गीत–संगीतको क्षेत्रमा रुचि राख्ने गर्दथे । गाउँमा हुने विभिन्न प्रतियोगीतामा भाग लिइ पुरस्कार जित्न सफल भएका उनी लोक तथा दोहोरी गीतको क्षेत्रमा अगाडी बढ्न चाहन्थे । पढाइको शिलशिलामा बाग्लुङबाट पोखराहुँदै उनी क्यारियर निर्माणका लागि राजधानी काठमाण्डौ छिरे, त्यसपछि उनको जीवनले कोल्टे फे¥यो ।

जब काठमाडौंको भीडमा उनको भेट विष्णु खत्रीसँग भयो, त्यसपछि उनको यात्राले नयाँ मोड लिन पुगेको हो । एकवर्ष खत्रीसँगै बसे । धेरै कलाकार चिन्ने मौका समेत प्राप्त गरे । साथमा धौलागिरी क्यासेट सेन्टरमा मिडिया मेनेजरको रुपमा काम गरे । जसले सांगीतिक यात्रामा अगाडि बढ्र्न सजिलो भयो ।

दुईवर्ष काठमाडांैको बसाईपश्चात् अध्ययन तथा आफ्नो यो यात्रालाई निरन्तरता दिन पोखरा फर्किए । २०६३ सालमा ‘कसलाई दिनु दोष’ एल्बमबाट औपचारिकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका उनी आफ्ना प्रस्तुतिमार्फत् दर्शक श्रोताको मन मुटुमा बास बस्न सफल भएका छन् । १७ वर्ष गण्डकी प्रदेशमा बसेर कलाकारिता क्षेत्रको अनुभव संगालेका उनी संस्थागत रुपमा समेत खारिएका छन् ।  तत्कालिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलको मनोनित सदस्य, कार्यसमिति सदस्य हुँदै सचिव बनेका कार्की गण्डकी प्रदेश तदर्थ समिति सदस्य हुँदै सचिव बनेर काम गरेको अनुभव छ ।

१९ माघ २०७९, बिहीबार २२:५२ मा प्रकाशित
Nabintech