तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २० जना पूर्ण मन्त्री तथा तीन जना राज्यमन्त्री, पाँच दलका १६ जना नयाँ अनुहार

गुरुकुल खबर गुरुकुल खबर
२०७९ माघ ४ मा प्रकाशित
in विशेष, Breaking News, बाग्मती प्रदेश, राजनीति, समाचार
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २० जना पूर्ण मन्त्री तथा तीन जना राज्यमन्त्री, पाँच दलका १६ जना नयाँ अनुहार
28
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्मा पाँच दलका १६ जना नयाँ अनुहार मन्त्री बनेका छन् ।

मंगलबार विस्तार भएको मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २३ जना पुगेका छन् । सरकारमा नेकपा एमालेबाट आठ, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार, राप्रपाबाट चार र जनमत पार्टीबाट एकजना मन्त्री बनेका हुन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने उनले ११ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिँदै मन्त्रिपरिषद् गठन गरेका थिए ।

दोस्रोपटक भएको मन्त्रिपरिषद् विस्तारसँगै सरकारमा प्रधानमन्त्रीबाहेक २२ जना मन्त्री बनेका छन् । जसमध्ये २० जना पूर्ण मन्त्री तथा तीन जना राज्यमन्त्री छन् ।

सरकारमा माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ छन् । माओवादी केन्द्रबाट सुदर किराती र अमनलाल मोदी पहिलोपटक मन्त्री बनेका हुन् । किरातीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा पाएका छन् भने मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । सञ्चारमन्त्री बनेकी रेखा शर्मा भने यसअघि पनि सरकारमा मन्त्री भइसकेकी अनुहार हुन् । माओवादी केन्द्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएकी शुशिला सिर्पाली ठकुरी पनि नयाँ अनुहार हुन् ।

यसैगरी, नेकपा एमालेबाट उपप्रधानसहित अर्थ मन्त्रालयको नेतृत्व विष्णु पौडेलले सम्हाल्दै आइरहेकामा राजेन्द्रकुमार राई, पदम गिरी, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र बिमला शर्मा पौड्याल पहिलोपटक सरकारमा मन्त्री बनेका हुन् । बिमला राष्ट्रिय सभा सदस्य हुन् भने अन्य प्रतिनिधिसभामा सांसद छन् । सरकारमा राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा पाएका छन् । गिरीले स्वास्थ्य, उप्रेतीले रक्षा, भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति र पौडेलले परराष्ट्र मन्त्रालय पाएका छन् । ज्वालाकुमारी शाह यसअघि पनि मन्त्री भइसकेकी अनुहार हुन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, महामन्त्री तथा सांसद ध्रुवबहादुर प्रधान पनि पहिलोपटक मन्त्री बनेका छन् । लिङ्देन मन्त्रिपरिषद्मा चौथो वरीयतासहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्दैगर्दा प्रधान कानुन न्याय तथा संसदीय मामिलामन्त्री भएका छन् । ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पनि नयाँ हुन् । राप्रपाबाट यसअघिसमेत मन्त्री भइसकेका विक्रम पाण्डेले शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी सबैजना नयाँ अनुहार हुन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको थियो । मन्त्रिपरिषद्मा रास्वपाबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल नियुक्त भएका हुन् । यस्तै, स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई जिम्मा दिइएको छ । उनी पनि नयाँ अनुहार हुन् ।

यसैगरी, जनमत पार्टीका अब्दुल खानले पनि पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.