Play

कांग्रेस महासमिति सदस्य बरालले दिइन् मणिपाल अस्पतालका ११ जना विरामीलाई जुस

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघ, पोखरा महानगर समिति सभापति माया बरालले विरामीलाई जुस वितरण गरेकी छन् । पोखरा महानगर–११ मा रहेको मणिपाल अस्पतालमा उपचाररत विरामीलाई बरालले शुक्रबार जुस वितरण गरेकी हुन् ।

सर्जिकल वार्डमा उपचाररत, कास्की, गोर्खा, बागलुङ लगायतका जिल्लाका ११ जना विरामीलाई जुस वितरण गरेको बारालले जानकारी दिइन् । बरालले आत्मबल नै विरामीको पहिलो उपचार रहेको बरालले विरामीलाई आत्मबल बलियो बनाउन सुझाव दिइन् ।

आफै मणिपाल अस्पतालमा उपचारबाट डिस्चार्ज भए पछि अस्पतालका विरामीलाई जुस वितरण गर्न पुगेकी बरालले विरामीलाई आत्मबल बलियो बनाउन सुझाव दिएकी हुन् । पित्त थैलीमा जमेको पत्थरीको उपचार पछि बराल चार दिन पहिले डिस्चार्ज भएकी थिइन् । आफुले अस्पतालका डाक्टर, नर्सा र अन्य कर्मचारीबाट उपचारका क्रममा सहयोग पाएको कारण आत्मबल बढेको बताइन् ।

डिस्चार्ज पछि विरामीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र विरामीको मनोबल बढाउन आफु अस्पताल पुगेको बरालले बताइन् । आफुले उपचारमा भोगेको कुरा विरामीसंग सेयर गर्दा विरामीको आत्मबल बढ्ने रहेछ बरालले भनिन्, मैले आफु विरामी हुदाँ जे अनुभव गरे त्यसले मलाई विरामीको आत्मबल बढाउन मन लाग्यो र जुस लिएर भेट्न आए ।

जुस वितराणमा अस्पतालका निर्देशक अभिषेक मास्के, डा. बिनोदवाणी श्रेष्ठ, प्याथोलोजिष्ट नवराज भण्डारी, अस्पतालका लेखा अधिकृत शंकर खत्रीले जुस वितरणमा साथ दिएका थिए । अस्पतालका निर्देशक मास्केले विरामीलाई छिटो निको हुन उपचार मात्र नभएर आफन्तको साथ सहयोग र सकारात्मक उर्जाको खाचोँ हुने बताए ।

२१ पुष २०७९, बिहीबार २१:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा