तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नयाँ सत्ता गठबन्धन निर्माण भए पनि केन्द्रदेखि प्रदेशसम्मको भागबण्डा टुंगिन अझै केही दिन लाग्ने, केन्द्रमा जस्तै प्रदेशमा पनि कांग्रेस प्रतिपक्षमा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस १४ मा प्रकाशित
in विशेष, Breaking News, प्रदेश गतिविधि, राजनीति, समाचार
नयाँ सत्ता गठबन्धन निर्माण भए पनि केन्द्रदेखि प्रदेशसम्मको भागबण्डा टुंगिन अझै केही दिन लाग्ने, केन्द्रमा जस्तै प्रदेशमा पनि कांग्रेस प्रतिपक्षमा
28
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत दलबीच गठबन्धन भएर नयाँ सरकार गठन भएपछि यसको प्रभाव प्रदेशमा पनि पर्ने भएको छ । यसअघि कांग्रेस र माओवादीलगायत दलबीच गठबन्धन भएकाले त्यही अनुसार भागबण्डा गर्दा कांग्रेसले धेरै प्रदेशको नेतृत्व पाउने सम्भावना थियो ।

तर, नयाँ गठबन्धनका कारण केन्द्रमा जस्तै प्रदेशमा पनि कांग्रेस प्रतिपक्षमा धकेलिएको छ भने सबै प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुगी सरकार बन्ने निश्चित भएको छ ।

नयाँ सत्ता गठबन्धन निर्माण भए पनि केन्द्रदेखि प्रदेशसम्मको मुख्य पद भागबण्डा भने अझै भइसकेको छैन । यस विषयमा छलफल गर्न बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा पुगेका छन् । यद्यपि, सत्ता गठबन्धनमा अन्य दलहरु पनि भएकाले भागबण्डा टुंगिन अझै केही दिन लाग्ने सम्भावना छ ।

हाल माओवादीले प्रधानमन्त्री पाउने र एमालेले राष्ट्रपति तथा सभामुख पद लिने सहमति भएको छ । मुख्य ३५ वटा पदमध्ये राष्ट्रिय सभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना अहिले छँदै छन् । बाँकी ३१ पद (उपराष्ट्रपति, उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष) र सात वटा प्रदेशका २८ (प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख/उपसभामुख) पदमा दलहरूबीच भागबन्डा हुनेछ ।

केन्द्रको नयाँ सत्ता समीकरणले प्रदेशको मुख्यमन्त्रीका दाबेदार पनि फेरिएका छन् । सातवटै प्रदेशमा एकल बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनेछन् । संविधानको धारा १६८ ले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले एक महिनाभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले गत २८ मंसिरमा अन्तिम मत परिणाम सार्वजनिक गरेको थियो ।

प्रदेश १
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा पहिलो दल एमालेको ४० सिट छ । सत्ता गठबन्धनका अन्य दल माओवादीको १३, राप्रपाका ६ र जसपाका १ गरी एमाले गठबन्धनका सांसदको संख्या ६० पुगेको छ, जब कि सरकार बनाउन बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । यहाँ कांग्रेसले २९ सिट जितेको छ ।

प्रदेश १ मा सोमबार सांसदहरुको शपथ ग्रहण सकिएको छ । यहाँ एमालेबाट मुख्यमन्त्रीको दाबेदारमा हिक्मतकुमार कार्की छन् । उनी एमालेको प्रदेश संसदीय दलको नेता पनि हुन् । माओवादीबाट प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीका दाबेदार छन् ।

मधेस
यो प्रदेशमा पनि एमाले नै ठूलो दल हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा एमालेको २३, माओवादीको ८, जसपाको १६, जनमतको १३, राप्रपाको १ र नागरिक उन्मुक्ति पार्टीको १ गरी ६२ सिट छ । प्रभु साह नेतृत्वको स्वतन्त्र समूह पनि गठबन्धनमै छ । यहाँ प्रदेश सरकार बनाउन गठबन्धनलाई ५४ सदस्य आवश्यक पर्छ । यहाँ कांग्रेसको २२ सिट छ ।

मधेसमा भने मधेसवादी दल जसपा, जनमत बलिया देखिँदा ठूलो पार्टी एमालेले नेतृत्व गर्ने सम्भावना कम छ । जसपाबाट हालकै मुख्यमन्त्री लालबाबु राउत दाबेदार छन् भने जनमतले मुख्यमन्त्रीमा दाबी गरिरहे पनि कसको नेतृत्व हुने तोकेको छै्रन ।

वाग्मती
११० सदस्यीय वाग्मती प्रदेशसभामा कांग्रेस पहिलो दल छ । यहाँ कांग्रेसको ३७ सिट छ । तर, सत्ता गठबन्धनमा रहेका एमालेको २७, माओवादीको २१ र राप्रपाको १३ गरी ६१ सिट छ । सरकार गठनका लागि ५६ सदस्य आवश्यक हुन्छ ।

वाग्मतीमा सत्ता गठबन्धनबाट मुख्यमन्त्री बन्ने निश्चित छ । यहाँ एमालेबाट जगन्नाथ थपलिया सर्वसम्मत दलको नेता बन्ने सम्भावना छ । माओवादीमा भने शालिकराम जम्मकट्टेल, सरल सहयात्री पौडेल, गंगानारयण श्रेष्ठ र युवराज दुलाल दलको नेता बन्न प्रतिस्पर्धामा छन् । एमाले र माओवादी संसदीय दलको नेता नै भावी मुख्यमन्त्रीका लागि प्रतिस्पर्धी हुनेछन् ।

गण्डकी
गण्डकीको प्रदेशसभामा ६० सदस्य हुन्छन्, यहाँ सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ । गण्डकीमा एमालेको २२, माओवादीको ८ र राप्रपाको २ गरी ३२ सांसद छन् । यहाँ कांग्रेसको २७ सिट छ ।

गण्डकीमा कांग्रेस ठूलो दल भए पनि केन्द्रको भागबण्डापछि एमाले वा माओवादी कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने टुंगो लाग्नेछ । यहाँ मुख्यमन्त्रीमा एमालेबाट खगराज अधिकारीको दाबेदारी बलियो छ । माओवादीबाट हरिबहादुर चुमानको दाबेदारी छ ।

लुम्बिनी
लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ४४ सांसदको समर्थन आवश्यक पर्छ । एमाले २९, माओवादी ९, जसपा ३, राप्रपा ४, जनमत ३, नागरिक उन्मुक्ति ४ गरी ५२ सांसद नयाँ गठबन्धनमा छन् । यहाँ कांग्रेसको २७ सिट छ । लुम्बिनीमा ठूलो दल एमालेबाट लिला गिरी र माओवादीबाट जोखबहादुर बुढाको मुख्यमन्त्रीमा दाबेदारी छ ।

कर्णाली
कर्णालीको प्रदेशसभामा ४० सदस्य हुन्छन् भने सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ । यहाँ एमाले १०, माओवादी १३, राप्रपा १ गरी नयाँ गठबन्धनको पक्षमा २४ सांसद छन् । यहाँ कांग्रेसको १४ सिट छ ।

कर्णालीमा एमालेभन्दा माओवादी र कांग्रेसको धेरै सिट छ । सत्ता समीकरणको भागबण्डामा यहाँको मुख्यमन्त्री टुंगिने भए पनि एमालेको कमजोर पकड भएकाले ओलीले प्रभाव विस्तार गर्न मुख्यमन्त्री लिने सम्भावना छ । यहाँ मुख्यमन्त्रीका दाबेदार मानिएका एमालेका विनोदकुमार शाहले संसदीय दलकाे नेतामा दाबी छाडेपछि यामलाल कँडेल सर्वसम्मत सर्वसम्मत दलकाे नेता चुनिएका छन् । माओवादी संसदीय दलकाे नेतामा राजकुमार शर्मा चयन भएका छन् ।

सुदूरपश्चिम
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद आवश्यक हुन्छ । यहाँ एमालेको १०, माओवादीको ११, नागरिक उन्मुक्तिको ७ र राप्रपाको १ गरी २९ सांसद गठबन्धनका छन् । यहाँ कांग्रेसको १९ सिट छ । यस प्रदेशमा पनि एमालेभन्दा माओवादी ठूलो दल छ । यहाँ माओवादीका खगराज भट्ट मुख्यमन्त्रीका प्रबल दाबेदार छन् । एमालेबाट राजेन्द्र सिंह रावल आकांक्षी छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.