Play

कास्की कांग्रेसका दुई नेता बांस्तोला र गुरुडंको अकल्पनीय अवसान

गुरुकुल खबर


कास्कीमा रहेर नेपाली कांग्रेसको राजनीतिमा निरन्तर क्रियाशिल दुई जना नेताहरुको बुधवार निधन भएको छ । बुधवार विहान करिव ५ बजे नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति विष्णु प्रसाद बांस्तोलाको र बुधवार दिउंसो कांग्रेस महाधिवेशन प्रतिनिधि टेकन शोभा गुरुडंको निधन भएको हो ।

६५ वर्षिय बांस्तोलाको विगत केही वर्ष यता स्वास्थ्य क्रमिक रुपमा बिग्रंदै गए पछि उनले भारतमा समेत पुगेर उपचार गरेका थिए । उपचार पछि भने उनि शारीरिक रुपमा कमजोर देखिएपनि स्वास्थ्य सामान्य अवस्थामा रहेको देखिन्थ्यो । बांस्तोला अघिल्लो दिन पनि घरबाट बाहिर निस्केर स्थानीय बासिन्दाहरु संग भेटघाट र कुराकानी गरेका थिए ।

बेलुका घरमा खाना खाएर सुतेका बांस्तोला राती करिब १ बजे उठेर समेत केही कुरा गरेको र आंफुलाई अलि असहज महशुस भएको बताएका थिए । त्यसपछि उनि सुतेको तर बिहान करिव साढे चार बजेतिर उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।बांस्तोला सानै उमेरबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

नेपाली कांग्रेस कास्कीको उपसभापति सहित कार्यबाहक सभापति , जिल्ला सदस्य , महाधिवेशन प्रतिनिधि लगायत विभिन्न जिम्मेवारीमा सक्रिय रहेका उनि यस पटक सम्पन्न पार्टिको १४ औ महाधिवेशनमा भने क्षेत्रीय प्रतिनिधीमा मात्र चित्त बुझाएर बसेका थिए ।तत्कालीन पोखरा नगर पंचायत , पोखरा नगरपालिका र पोखरा उपमहानगरपालिकामा उनि वडा सदस्य र वडाध्यक्ष भएर लामो समय बिताएका थिए । प्रजातन्त्र पुनर्स्थापना पछि २०४९ र २०५४ को निर्वाचनमा उनि नेपाली कांग्रेसको तर्फबाट पोखरा -९ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

यस बाहेक उनि पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष भएर पनि काम गरेका थिए । नगर विकास समितिमा उनि ३ पटक अध्यक्ष नियुक्त भएका थिए ।पोखरा महानगर पालिका -९ महेन्पुल घर भएका बांस्तोलाकै पहलमा स्थानीय नव प्रभात मावि र महेन्द्र निमाविको भौतिक एवं पुर्वाधारको विकास भएको थियो । यसका साथै पोखराको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसलाई बगरबाट नयाबजार स्थानान्तरण गरि त्यसको शैक्षिक एवं भौतिक बिकासमा समेत बांस्तोलाको महत्वपूर्ण भूमिका रहेको छ ।

शिक्षण संस्थामा उनि संचालक समितिको अध्यक्ष समेत बनेर ति शिक्षण संस्थाको शैक्षिक एवं भौतिक बिकासमा योगदान पुर्याएका थिए ।आंफ्नो कुरा स्पष्ट र निडरतापुर्वक राख्न सक्ने बांस्तोलाको स्थानीय सर्वसाधारण र विपन्न वर्ग एवं भुमिहीन सुकुम्वासीहरुमा राम्रो प्रभाव थियो ।

स्व बांस्तोलाकी श्रीमती हिरा बांस्तोला लामो समय शिक्षण पेशामा थिईन भने हाल विभिन्न संघ संस्थामा संलग्न छन । बांस्तोलाका छोरा शुमेश पेशाले ईन्जिनियर हुन भने छोरी पेशाले डाक्टर हुन ।बांस्तोलाको बुधवार नै पोखराको रामघाटमा अन्त्येष्टि गरिएको थियो ।बांस्तोलाको निधन पछि नेपाली कांग्रेस कास्कीको कार्यालयमा शोक पुस्तिका राखिएको छ भने बुधवार एक दिन पार्टी कार्यालय बन्द गरिएको थियो ।

यसै गरि नेपाली कांग्रेसको राजनीतिमा लामो समय देखि सक्रिय रहंदै आएकी टेकनशोभा गुरुडंको पनि बुधवार नै निधन भएको छ । क्यान्सर रोगबाट पिडित गुरुडंको पनि भारतमा लगेर उपचार गरिएको थियो ।

माछापुच्छ्रे गाउं पालिका घाचोक घर भएकी गुरुडंको स्वास्थ्यमा उपचार पछि भने सुधार आएको अपेक्षा गरिएको थियो तर पछिल्लो केही साता भने उनलाई शरिरमा निकै कष्ट महशुस भएपछि पोखराका अस्पतालमा ल्याएर राखिएको थियो । बुधवार दिउंसो रानीपौवा स्थित मेडीप्लस अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेकी गुरुडं यस अगाडी २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट माछापुच्छ्रे गाउं पालिकामा उपाध्यक्षको उमेदवार बनेकी थिईन । गुरुडंको शव बुधवार अस्पतालबाट घर लागिएको भएपनि बिहिवार मात्र अन्त्येष्टि गरिएको हो ।

१४ पुष २०७९, बिहीबार १५:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा