तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

औद्योगिकग्राम निर्माणमा स्थानीय तहहरु उदासिन – उद्योग सचिव बोहरा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस १२ मा प्रकाशित
in अर्थ, गण्डकी प्रदेश, समाचार
औद्योगिकग्राम निर्माणमा स्थानीय तहहरु उदासिन – उद्योग सचिव बोहरा
27
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। गण्डकी प्रदेशका उद्योग,वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर बोहराले औद्योगिकग्राम निर्माणका लागि स्थानीय तहहरु उदासिन देखिएको बताएका छन् ।
उनले गण्डकीका २५ वटा स्थानीय तहमा उद्योगग्राम स्थापना भए पनि प्रभावकारी हुन नसकेको स्वीकारेका छन् । व्यावसायिक वातावरण तथा जग्गाको अभावका कारण यस्तो देखिएको पनि उनको प्रष्टोक्ति छ । पालिकाहरुले भनेजस्तो काम नगरेको पनि उनको दुखेसो छ ।
सचिव बोहरा पर्यटन तथा उद्योग कार्यालय कास्कीले मंगलबार पोखरा उद्योग वाणिज्य संघसँगको समन्वयमा आयोजना गरेको व्यवसायीहरुसँगको अन्तक्र्रियामा बोल्दै उनले कास्कीको पुँडीटार र नवलपुरमा औद्योगिक क्षेत्र निर्माणको पहल भएको र त्यसले उद्योग स्थापनामा सघाउने धारणा पनि राखे ।
उनले संघीय सरकारले ल्याएको औद्योगिक व्यवसाय ऐन २०७६ ले ‘एकल विन्दु सेवाकेन्द्र’को अवधारणा अगाडि सारेको जनाउँदै ढिलोचाँडो सेवाग्राहीलाई एउटै कोठाबाट व्यवसाय दर्ताका सवै सेवा दिइने बताए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले व्यवसाय दर्ता,कर चुक्ता र व्यवसाय खारेजी प्रक्रिया सहज हुनुपर्ने माग गरेका थिए । उनले घरैबाट व्यवसाय दर्ता हुने र प्रमाणपत्र लिनमात्र जाने व्यवस्था गर्न कठीन नभएको तर्क गर्दै प्रश्न गरेका थिए,‘यहाँ एउटा बीमा कम्पनीले तपाईंको बीमाको म्याद सकियो,रिन्यू गर्नुहोला भन्न सजिलै सक्छ भने व्यवसायीहरुलाई सरकारी कार्यालयले आवश्यक सूचना किन दिन सक्दैनन् ?’

पर्यटन ,उद्योग,वाणिज्य तथा उपभभोक्ता हित निर्देशनालयका  गण्डकीका निर्देशक प्रविण ढकालले पछिल्लो समय सरकारी कार्यालयहरु सेवाग्राही मैत्री हुँदै गएको जिकिर गरे ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले गण्डकीमा अर्को औद्योगिक क्षेत्रको टड्कारो आवश्यकता रहे पनि माग सुनुवाइ नभएको गुनासो गरे । उनले उद्योग÷व्यवसाय दर्ताको लागि उद्योग वाणिज्य संघहरुको सिफारिस अनिवार्य गरिए वास्तविक उद्यमीले व्यवसाय दर्ता अझ सहज र पारदर्शी हुने तर्क गरे ।

कार्यक्रमका अध्यक्ष एवं पर्यटन तथा उद्योग कार्यालय कास्कीका प्रमुख शेषकान्त पौडेलले उद्योग व्यवसाय संचालनको लागि तय गरिएका प्रावधान र चुनौतीबारे कार्यपत्र पेश गर्दै उद्योग÷व्यवसाय संचालनमा अझै कठीनाइ रहेको स्वीकारे ।

कार्यालयका उद्योग अधिकृत महराज ढकालले उद्योगसम्बन्धी कानूनी व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै गण्डकीले सरकारले बनाएको औद्योगिक व्यवसाय ऐन र संघको ऐन बाझिदा काम गर्न गाह्रो भएको जानकारी गराए ।

घरेलु तथा साना उद्योग महासंघ गण्डकीकी अध्यक्ष चिनु गुरुङले प्रशिक्षकको लागि हुने प्रशिक्षण निशुल्क र व्यवसाय दर्ता गर्दा कम कागजातले काम चल्ने व्यवस्थाको माग गरिन् ।
कार्यक्रममा बोल्दै घरेलु उद्योग महासंघ कास्की अध्यक्ष बलराम गौतमले उद्योग दर्ता गर्दाको हैरानीले धेरै व्यवसायीहरु दर्ताविनै संचालन भएको जिकिर गरे । थोक व्यवसायी संघ कास्कीका अध्यक्ष लेखनाथ सुवेदीले व्यवसायीहरुका उत्पादनको बजारीकरणमा पनि सरकारी निकायले ध्यान दिनुपर्ने बताए ।

सुनचाँदी तथा रत्न आभुषण संघ कास्कीका सचिव इश्वरबहादुर विकले दक्ष जनशक्ति उत्पादनमा सरकारले सघाउनुपर्ने माग गरे ।

इलेक्ट्रो मेकानिकल संघ कास्कीका महासचिव माधव तिवारीले सीप सिकाउनको लागि प्रशिक्षक पनि नपाइने अवस्था रहेको बताए ।

हस्तकला संघ कास्कीकी सदस्य सविता श्रेष्ठले आफूले स्वअध्ययनबाट सीप हासिल गरेको तर त्यसको प्रमाणीकरण नहुँदा समस्या आएको दुखेसो गरिन् ।

पर्यटन तथा उद्योग कार्यालयका अधिकृत कमलबहादुर केसीले सेवाग्राहीलाई सहज सेवा दिलाउन अभिमुखीकरण जरुरी भएको बताए ।  

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.