Play

श्रमिकको सुरक्षा पहिलो शर्त – जिसस कास्की प्रमुख पौडेल 

गुरुकुल खबर


पोखरा, जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले  उद्योगी व्यावसायिक र सरकारी निकायहरूले श्रमिकको सुरक्षाको बिषयलाई आफ्नो  पहिलो शर्त  र प्राथमिकतामा राख्नु पर्ने बताएका छ्न।
देश बिकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका खेल्ने श्रमिकहरू उत्पादन  र निर्माणका मेरुदण्डको रूपमा रहेको हुँदा उनीहरुको हक र   सामाजिक सुरक्षामा बनेका नीति नियमलाइ कडाइका साथ व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखरामा कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल , पोखरा औधोगिक क्षेत्र व्यवस्थापन कार्यालका  प्रमुख किशोर पाण्डे , सो औधोगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष रुद्र लाल श्रेष्ठ ,कार्यक्रम संयोजक यमन रानालगाएतले मन्तव्य व्यक्त गरेका थिए।
चार दिन सम्म चल्ने सो तालिममा  पोखराका विभिन्न उद्योग प्रतिष्ठानहरूमा कार्यरत व्यावसायिक ब्यक्तित्व एबम श्रमिकहरूलाई पेशागत सुरक्षा र स्वास्थ ,कार्यस्थलमा हुने जोखिम र त्यसको न्यूनीकरणमा आबश्यक उपाय ,कार्यस्थलमा हुन सक्ने लागू औसध र लैङ्िगक हिंसा, सुरक्षा उपकरण, आकस्मिक तयारी, श्रम ऎन तथा नियमावली संम्बन्धी कानुनी व्यवस्था लगाएका बिषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरका रसायनबिज्ञ  सतिश कुमार उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

१२ पुष २०७९, मंगलवार २१:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा