तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महामन्त्री थापा संसदीय दलको नेताको चुनावमा कोइराला समूहबाट सर्वसम्मत

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस ५ मा प्रकाशित
in राजनीति, Breaking News, बाग्मती प्रदेश, विशेष, समाचार
महामन्त्री थापा संसदीय दलको नेताको चुनावमा कोइराला समूहबाट सर्वसम्मत
29
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टीको संसदीय दलको नेताको चुनावमा कोइराला समूहबाट सर्वसम्मत उम्मेदवार बनेका छन् । आफ्नै समूहका नेताहरूको चर्को दबाबका बीच नेता शेखर कोइरालाले उम्मेदवारी मनोनयनको केही घण्टा अघिमात्रै संसदीय दलको नेतामा थापालाई अघि सार्ने निर्णय सुनाए ।

गत वर्ष पार्टी महाधिवेशनमा रुपान्तरण र पुस्तान्तरणको एजेण्डासहित देउवाविरुद्व उभिएका कोइरालाको यो निर्णयको सामाजिक सञ्जाल र पार्टी पंक्तिमा प्रशंसा भइरहेको छ । तर, सोमबारसम्म आफैं उम्मेदवार बन्ने अडानमा रहेका कोइरालाले एकाएक कसरी गगनलाई समर्थन दिए त ? यसको भित्री कथा भने निकै रोचक छ ।

नेताहरूका अनुसार कोइरालाले शर्तसहित थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गरेका हुन् । अब संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

अहिले मात्रै होइन, १३ औँ महाधिवेशनदेखि नै कांग्रेसमा जब–जब नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय उठ्छ नेताहरू विभाजित हुन्छन्, तर पुस्तान्तरण स्वीकार्न तयार हुँदैनन् । यसपटक कोइरालाले भने शर्तसहित नै भए पनि त्योभन्दा भिन्न कदम चालेका छन् ।

थापाले संसदीय दलको नेतामा दाबी गर्दा कोइराला र उनको समूहका नेताहरूले आफ्नो राजनीतिक भविष्यबारे उठेका प्रश्नको जवाफ खोजेका छन् । संसदीय दलको नेताको उम्मेदवार छान्दै गर्दा कोइराला समूहमा आगामी महाधिवेशन र सम्भावित समीकरणसम्मको बहस चलेको छ । चुनाव जितेपछि कोइराला आफैं संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न चाहान्थे । त्यसो त कोइरालाले अहिलेसम्म आफ्नै मुखबाट संसदीय दलमा आफू चुनाव लड्ने घोषणा गरेका थिएनन् । उनले आफूनिकट नेताहरूलाई भने आफू पनि उम्मेदवार बन्ने भन्दै आएका थिए ।

चुनाव अगावै देउवाविरुद्व संसदीय दलको नेतामा चुनाव लड्ने घोषणा गरेका महामन्त्री थापा र टिमको नेताको हिसाबले आफैं चुनाव लड्न चाहेका कोइरालाबीच पटक–पटक संवाद भए पनि सहमति हुन सकेको थिएन । उपसभापति धनराज गुरुङ, नेता मिनेन्द्र रिजाललगायतले कोइरालालाई आफैं दलको नेताको उम्मेदवार बन्न दबाब दिएका थिए भने अन्य केही नेताहरूले मिलेर जानुको विकल्प नभएको भन्दै सहमतिको वातावरण बनाउन प्रयास गरेका थिए ।

महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दा आफैंले प्रधानमन्त्री आफ्नो प्राथमिकता नभएको भनेका कोइरालाले सभापतिमा ‘एकपटक, यसैपटक’को नारा लगाए । तर, पार्टी सभापतिमा पराजित भए पनि पार्टीको नेतृत्वमा पुग्ने चाहना छोडेका छैनन् । नेताहरूका अनुसार कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बनाउने शर्तमा थापालाई संसदीय दलको नेता बनाउन सहमति दिएका हुन् । कोइरालाको त्यही शर्तमा समूहका अन्य नेताहरू पनि मानेका छन् ।

कोइरालाले आफैं चुनाव लड्दा महामन्त्री थापाले नसघाउने, र टिम फुटेर झन् कमजोर हुने भयले यस्तो शर्तसहितको सम्झौता गरेको नेताहरूको भनाइ छ ।

कोइरालानिकट नेता एवम् मोरङ–३ बाट निर्वाचित सांसद सुनिलकुमार शर्माले कोइरालालाई १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने गरी सहमति भएको बताए । त्यसपछि उहाँले गगनजीलाई संसदीय दलको नेताको रूपमा प्रस्ताव गर्नुभएको हो ।’

मंगलबार अनामनगरस्थित एक होटलमा बसेको कोइराला समूहको बैठकमा नेता कोइरालाले महाधिवेशनमै आफूहरू रुपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएको भन्दै त्यही उद्देश्यले यसपटक संसदीय दलको चुनावमा महामन्त्री थापालाई उम्मेदवार बनाएको घोषणा गरेका थिए । कोइरालाको प्रस्तावमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका थिए ।

कोइरालाको निर्णयले कांग्रेसको संस्थापनइतर समूह फेरि एकपटक विभाजन हुनबाट बचेको छ । यसअघि पार्टीको केन्द्रीय सदस्यमात्रै रहेका कोइराला थापाहरूकै समर्थनमा १४ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बन्दा त्यही समूहका नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइराला एकैपटक पाखा लागेका थिए । पौडेल, सिंह र कोइराला महाधिवेशनदेखि नै सभापति देउवासँग छन् । नेता पौडेल यसपटक भने देउवाको प्रस्तावक नै बनेका छन् ।

त्यसअघि १३ औँ महाधिवेशनमा पनि देउवाइतर समूह विभाजित भएको थियो । त्यसबेला इत्तर समूहबाट पौडेल सभापतिको उम्मेदवार बन्दा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गगन थापालाई महामन्त्रीको उम्मेदवार लिएर अलग्गै समूह बनाएका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.