Play

पोखरा- २३ चापाकोटका शिक्षासेवी चापागाईंको निधन

गुरुकुल खबर


पोखरा , पोखरा महानगरपालिका-२३ चापाकोट औसेलुचौर निवासी शिक्षासेवी विष्णु बहादुर चापागाईंको गत बिहिवार निधन भएको छ ।

६३ वर्षिय चापागाईले लामो समय स्थानीय पंचकोशी निमावि लगायतका शिक्षण संस्थामा अध्यापन गरेर सेवा निवृत्त भएका थिए ।

मिलनसार स्वभाव र अरुलाई अप्ठेरो पार्न नचाहने स्वभाव चापागाईको थियो । बेलुका घरमा सुतेको समयमा सामान्य अवस्थामा नै उनको निधन भएको स्थानीय माधव चापागाईले जानकारी दिए ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका चापागाईकी श्रीमती सहित राजु , सेतु र डम्बर चापागाई गरि तिन छोराहरु छन । उनको अन्त्येष्टि पोखरा -२३ स्थित ककहरे दह ( फाँट) मा गरिएको थियो ।

उनको अन्त्येष्टिमा स्थानीय सर्वसाधारणहरु सहित नेपाली कांग्रेसका नेताहरु गंगाधर पराजुली, हरि प्रसाद लामिछाने, वडाध्यक्ष रामकाजी गुरुडं सहित कांग्रेस र अन्य दलका कार्यकर्ता र शुभचिन्तक हरु सहभागी थिए ।

४ पुष २०७९, सोमबार ०९:०२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा