तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आमनिर्वाचन २०७९ को अन्तिम परिणाम राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष पेश, नयाँ सरकार गठनका लागि बाटो खुला

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर २९ मा प्रकाशित
in विशेष, Breaking News, बाग्मती प्रदेश, राजनीति, समाचार
आमनिर्वाचन २०७९ को अन्तिम परिणाम राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष पेश, नयाँ सरकार गठनका लागि बाटो खुला
30
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरिसकेको छ । आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ । राष्ट्रपतिबाट स्वीकृत भएपछि सरकार गठनको बाटोसमेत खुलेको छ ।

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को परिणाम बुझाएको छ।

बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले राष्ट्रपति भण्डारीसमक्ष मंसिर ४ गते सम्पन्न सो निर्वाचनको मतपरिणामको विवरण बुझाएका हुन्।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरेको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगी निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।

निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ। निर्वाचन आयोगले बुधबार निर्वाचनको सबै परिणाम घोषणा गरेको थियो।

सरकार गठनका लागि दलहरूबीच दौडधुप सुरु हुँदा विभिन्न राजनीतिक दलले विभिन्न संख्यामा सिट संख्या पाएका छन् । यद्यपि एक्लै सरकार बनाउन सक्ने हैसियतमा कुनै दलसँग पनि बहुमत देखिँदैन । आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । उसले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कूल ८९ सिट प्राप्त गरेको छ ।

यस्तै नेकपा एमालेले ७८ सिट पाएको छ भने नेकपा माओवादी केन्द्रले ३२ जितेको छ । नेपालकै कान्छो पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २० सिट पाएको छ ।

निर्वाचनको मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट ल्याउन सफल भएका थिए।

२७५ सिट रहेको प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रुपमा उदाएको छ भने नयाँ शक्तिको रुपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ।

निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ। प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धरौटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ।

त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्षतर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, वाग्मती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ। समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा १ सिट प्राप्त गरी ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो। जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ। ५ दशमलव शून्य ६ प्रतिशत मत भने बदर भएको प्रमुख आयुक्त थलियाको भनाइ छ।

त्यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको र ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको बताए।

प्रदेशतर्फ भने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको बताइएको छ। प्रदेश सभाको समानुपातिकतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ।

निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ। त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना(६३ दशमलव ६४ प्रतिशत)र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना सांसद बनेका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १९१ जनाले निर्वाचित भएका छन् । स्वतन्त्र ५ जना सांसद स्वतन्त्र रूपमा निर्वाचित बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.