तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको आवश्यकता – प्रजनन् स्वास्थ्य र यौन शिक्षा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर २९ मा प्रकाशित
in शिक्षा/स्वास्थ्य, विचार/अन्तरवार्ता
33
SHARES
131
VIEWS
Share on FacebookShare on Twitter

रीता गुरुङ

(सांकेतिक फोटो)

पोखराकी शर्मिला मगर (नाम परिवर्तन) ले पाँच वर्षसम्मको प्रेमलाई विवाहमा परिणत गरिन् । विवाह गरेको एक वर्ष मात्र पुग्यो तर यौन सम्बन्धका विषयमा आफु अझै खुल्न नसकेको उनी बताउछिन्। विवाह अघि पनि हामीबीच सुरक्षित यौन सम्बन्ध भएको हो, विवाह पछि त झन् नहुने कुरै भएन तर मेरो ईच्छा र सन्तुष्टिको विषयमा भने कहिल्यै खुल्न सकेकी छैन’ । जहिले पनि श्रीमानको ईच्छा र सन्तुष्टिका लागि मात्रै यौन सम्बन्ध राख्नुपरेको उनको भनाई छ ।

४५ वर्षिय युना कार्की (नाम परिवर्तन) पेशाले वकिल हुन्, दुई सन्तानकी आमा । उनी भन्छिन -सात वर्ष रिलेसनमा बसेर मात्रै करियर बनेपछि विहे गर्यौ, दुई सन्तान भईसके तर श्रीमानलाई सेक्सका लागि अहिलेसम्म प्रपोज गर्न सकेकी छैन ।’ जहिले पनि पार्टनरको ईच्छामा चल्नुपर्ने उनको भनाई छ । मेरो पनि त ईच्छा हुन्छ, आनन्द र सन्तुष्टि पाउने अधिकार मलाई पनि छ तर न त श्रीमानले वास्ता गर्छन न त म नै प्रपोज गर्न सक्छु’ उनी भन्छिन् । शिक्षित भएर पनि आफ्नो प्रजनन् स्वास्थ्यका बारेमा आवाज उठाउन नसक्ने यो अवस्थामा ग्रामिण क्षेत्र र कम शिक्षित महिलाहरुको अवस्था कस्तो होला यूना आफै प्रश्न गर्छिन् ।

६० वर्षिय डिलमाया विक (नाम परिवर्तन) पाँच सन्तानकी आमा हुन् । २० वर्षको उमेरमा विवाह अनि लगातार पाँच सन्तान र्। आफै भागी विहे गरे, पाँच सन्तान जन्माए ।’ यौन आनन्द र सन्तुष्टिको बारेमा सोध्दा मज्जाले हाँस्छिन् र  भन्छिन् यस्तो पनि हुन्छ र? मलाई त थाहा नै छैन नानी ।’ विवाहको रातबाट नै सम्बन्ध सुरु भयो, त्यसपछि वर्षौटे जसो सन्तान जन्मिए अरु कुराको त याद नै छैन’ मज्जाले हाँस्दै भन्छिन् उनी ।

शर्मिला, यूना र डिलमायाहरु त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता अधिकांश नेपाली महिलाहरु छन् जसले मेरो शरीर मेरो अधिकार भन्ने बुझेका छैनन् । आफ्नो शरीरसंग खेल्दा आफु पनि आनन्द र सन्तुष्टिको भागिदार हुन पाउनु पर्छ भन्ने बुझ्न सकेका छैनन् । यौन सम्बन्धको बेला महिला र पुरुष अर्थात पति र पत्निबीच समान भोग र समान ईच्छा हुनुपर्छ भन्ने बुझ्न नसक्नेहरुको संख्या उल्लेखनीय छ ।

यौन सम्बन्ध अर्थात सम्भोग । सम्भोगको अर्थ हो महिला र पुरुषले समान रुपमा भोग गर्ने । शारीरिक सम्बन्ध अर्थात यौन सम्बन्ध राख्दा महिला र पुरुष दुवैले समान रुपमा भोग गरुन भन्ने अर्थमा सम्भोग भनिएको हो । तर नेपाली समाजमा समान भोगको  न्यूनतम  अंश पनि महिलाले भोग गर्न नपाउने अवस्था विद्यमान छ । कहिले कति बेला पेटमा बच्चा बस्यो भन्ने सम्म थाहा नपाउने नेपाली समाजका डिलमायाहरुलाई र नयाँ पिडिका शिक्षित अधिवक्ता यूनाहरुलाई हेर्ने हो भने यौनको सवालमा नेपाली समाज अझै खुल्न सकेको छैन ।

जति नै शिक्षित भएपनि यौनको सम्बन्धमा न त खुलेर कुरा गर्छन् न त यौन सम्बन्धमा महिलाको पनि समान भोग हुन्छ भनेर नै बुझ्छन् । यौनको सम्बन्धमा नेपाली समाज पर्दा भित्र बसेर मात्र कुरा गर्न रुचाउछन्, अझ भन्ने हो भने यौनका विषयमा कुरा चल्दा आफुलाई भलादमी देखाउने र दुई÷चार हात पर सर्ने अवस्था शिक्षित जगतमा पनि कायम छ ।

यौन सम्बन्ध अर्थात मानिसका प्रजनन् र यौन स्वास्थ्य सम्बन्धी सम्पूर्ण विषय प्रजनन् स्वास्थ्य हो । मानिसका प्रजनन प्रणाली र प्रजनन् अंगहरुको विकास सही रुपमा हन सके प्रजनन् स्वास्थ्य राम्रो हुन्छ । यौनमा आउने सकारात्मक सोच पनि प्रजनन् स्वास्थ्य हो । सुरक्षित रुपमा आनन्दमय यौन जीवनयापन गर्न सक्षम हुनु, सन्तान जन्माउने क्षमता, सन्तान कहिले, कसरी, कति जन्माउने भन्ने निणर्य गर्ने स्वतन्त्रताको सवाल प्रजनन् स्वास्थ्य भित्रका महत्वपूर्ण विषयहरु हुन् ।

विश्व स्वास्थ्य संगठन र ईजिप्टको राजधानी कायरोमा १९९४ मा सम्पन्न सम्मेलनले तयार गरेको अवधारणा अनुसार प्रजनन् स्वास्थ्य भन्नाले मान्छे निरोगी हुनु मात्र नभई शारीरिक, मानसिक एवम् सामाजिक दृष्टिकोणबाट स्वस्थ रहनु पनि हो । प्रजनन स्वास्थ्यमा महिलाको प्रजनन अंगहरु ठीक तथा सबल हुनुमात्र नभई प्रजनन तथा यौन सम्बन्धि मानसिकताको सकारात्मक विकास हुनु पर्दछ । साथै यौन दृश्टिकोण, अवधारणा, सोचमा पनि सकारात्मक हुनु जरूरी छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अन्तर्गत लैंगिक हिंसा विरुद्धको अधिकार, यौन सम्बन्धमा आनन्द र सन्तुष्टि, सुरक्षित गर्भपतन, गर्भ निरोधका साधनमा छनौट तथा पहुँच, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य, किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि शिक्षा, सूचना, परामर्श तथा सेवा, सुत्केरी र प्रजनन् स्वास्थ्य रुग्णताको उपचार लगायत विविध विषयवस्तु पर्दछन् । यौन स्वास्थ्य मानव जीवनको एक महत्वपूर्ण पक्ष हो ।

हरेक किशोरकिशोरी अर्थात महिलाले आफ्नो यौनिकतालाई बुझ्नु नितान्त आवश्यक छ । हरेकले आफ्नो यौनप्रतिको चाहनालाई बुझ्नु यौनिकताको महत्वपूर्ण पक्ष हो । यौन जोडी छान्न सक्ने अधिकार पाउनु पर्छ र चाहेको खण्डमा हरेक किशोरीले यौन अधिकार पाउनु पर्छ । मेरो ज्यान, मेरो अधिकार र मेरो निर्णय भन्ने भनाईलाई अंगिकार गर्दै हरेक प्रजनन् स्वास्थ्यमा महिलाको ईच्छा अन्तिम हुनुपर्छ । विवाह पश्चात गर्भवती कहिले हुने या नहुने, कति बच्चा जन्माउने या नजन्माउने भन्ने अधिकार महिलालाई हुनुपर्छ ।

महिलाले खुलेर पार्टनरसंग कुरा गर्ने अधिकार बनाउन सक्नुपर्छ । यौन सन्तुष्टि या असन्तुष्टिका बारेमा पनि महिलाले आफ्नो पार्टनरसंग कुरा गर्न सक्ने क्षमताको विकास हुनु अत्यावश्यक छ । यसकालागि किशोरीहरुलाई विद्यालय तहदेखि नै यौन शिक्षा दिनु आवश्यक छ । यौन शिक्षा प्राप्त भएमा उनीहरुले प्रजनन् स्वास्थ्यका बारेमा जानकारी पाउँछन् भने यौन र यौनिकताका बारेमा खुलेर कुरा गर्न सक्ने आत्मविश्वास बढ्न सक्छ ।

विद्यालयको पाठ्यक्रममा सिंगो विषयको रुपमा यौन शिक्षा राख्नु अहिलेको आवश्यकता हो । विद्यालयमा राखिने एउटा लेसनले मात्र यौन शिक्षाले पूर्णता पाउन सक्दैन । कक्षा ११ र १२ को जनसंख्या शिक्षामा एउटा लेशन छ यौन शिक्षाको बारेमा तर त्यत्तिले मात्र पूर्ण हुदैन ।’ महेन्द्र उच्चमावि नयाँबजारका शिक्षक अमृत भण्डारी बताउँछन् । केही नहुनुभन्दा एउटा लेसनले समेत विद्यार्थीहरुलाई केही ज्ञान प्राप्त भएको छ तर पाठ्यक्रममा सिंगो विषय समावेश भएमा उनीहरुले विस्तृत जानकारी प्राप्त गर्न सक्ने उनी बताउँछन् ।

यसैगरी गाउँ टोलतिर पनि महिला र पुरुषको समुह बनाएर यौन शिक्षाका बारेमा छलफल र बहस चलाउन सके सर्वसाधारण समेत लाभान्वित हुने अवस्था आउँछ । विवाहित महिलाहरुलाई एक्ला एक्लै वा आफ्ना पार्टनरसंग राखेर यौनका विषयमा शिक्षा दिनुपर्दछ । नेपाली समाजका  अधिकांश  विवाहित महिलाहरुले यौन आनन्द लिन सकिरहेका हुदैनन् । साँघुरो विचारधाराबाट हुर्किएको र खुलेर कहिले पनि यौनका बारेमा कुरा नगरिरहेकोले पनि नेपाली समाजका महिलाहरुले यौन आनन्द लिन नसकेका हुन् । आफ्नो सन्तुष्टि र असन्तुष्टिका बारेमा आफ्ना पार्टनरसंग कुरा गर्न नसक्नु, आफुलाई यौन चाहना भएपनि यौन सम्बन्ध स्थापित गर्न पार्टनरलाई भन्न नसक्नु पनि यौन शिक्षाकै अभाव हो ।

यौन सम्बन्धको बेला आनन्द प्राप्त गर्न यौन जोडी मानसिक रुपमा तयार हुनुपर्छ । महिलाको पनि यौन अधिकार छ, उसले पनि यौनमा आनन्द र सन्तुष्टि पाउनु पर्छ भन्ने ज्ञान पुरुषलाई हुनुपर्छ । आफ्नो सन्तुष्टि मात्र होइन, महिलाको सन्तुष्टि र ईच्छालाई स्वीकार गर्न सक्नुपर्छ । यौन सम्बन्धको बेला शरीरका विभिन्न भागहरुमा मायाले स्पर्श गर्ने, राम्रा र मिठा कुरा गर्ने जस्ता ज्ञान पुरुषमा हुनै पर्छ र मात्र यौन सम्बन्धलाई सम्भोगका रुपमा स्वीकार गर्न सकिन्छ । महिलाको आनन्द र सन्तुष्टिलाई स्वीकार गरी यदी सम्बन्ध स्थापित गरिन्छ भने मात्र सम्भोग भन्न मिल्छ । नेपाली समाजमा वर्षौ प्रेममा परेर विवाह गरेका जोडीले पनि यौन सम्बन्धलाई सम्भोगका रुपमा अपनाउन सकेका छैनन् ।

यौन सम्बन्धको बेला लोग्नेले श्रीमतिको चाहनाको बारेमा सोध्ने, ईच्छा भए नभएको बुझ्ने र पार्टनरको यौन ईच्छालाई आदर र सम्मान गर्न सके मात्र महिलाले यौनमा सन्तुष्टि पाउन सक्छन् । अन्यथा, महिलाहरुले ईच्छा विपरीत यौन सम्बन्ध कायम गर्नु पर्ने र विना चाहना गर्भवती हुनु पर्ने बाध्यात्मक अवस्था सृजना हुन्छ । महिला र पुरुषलाई यौन र यौनिकताका बारेमा ज्ञान दिदाँ यौन सम्बन्धको बेला पार्टनरको ईच्छालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने सकारात्मक सोचको विकास हुनु जरुरी छ ।

नेपाली समाजमा अझै पनि यौनका कुराहरु खुलेर नहुने जटिल परिस्थिति छ । किशोर किशोरीको अगाडि यौनका कुरा गर्यो भने उनीहरु बिग्रन्छन् भन्ने सोच अझै हामी माझ विद्यमान छ । वास्तवमा किशोर किशोरीलाई युवा अवस्थामा प्रवेश गर्नुअगाडि नै यौन शिक्षाका बारेमा शिक्षा दिने हो भने यौनका लागि परिपक्क हुने उमेर, प्रेम गर्ने उमेर, कुन उमेरमा यौन सम्बन्ध राख्दा राम्रो हुन्छ भन्ने जानकारीका साथै असुरक्षित यौन सम्बन्धले निम्त्याउने जटिलताका बारेमा बुझाउनु अहिलेको आवश्यकता हो ।
यौन स्वास्थ्य र प्रजनन् स्वास्थ्यका बारेमा जानकार भएमा किशोरावस्थामा आउन सक्ने समस्याको समाधान गर्न सहयोग पुग्छ । यौन सम्बन्ध मात्र यौनिकता होइन, यौनिकताभित्र अन्य पाटो पनि पर्दछ । किशोर किशोरी अवस्थामा एक अर्काप्रति हुने आकर्षण, प्रेम, शरीरलाई लिएर हुने कौतुहलता, यौन सम्बन्धका बारेमा आउने जिज्ञासा, आफुसंगको साथीको शरीरलाई लिएर हुने आकर्षण आदि यौनिकताका क्षेत्र हुन् ।

पछिल्लो केही वर्ष यता नेपाली समाजमा यौनिकताको सवाल गम्भीर रुपमा उठ्न थालेका छ । किशोर किशोरीहरु विपरीत लिंगीतर्फ मात्र आकर्षण नभई एउटै लिंगीप्रति पनि आकर्षण बढ्दै गरेको पाइन्छ , जसलाई समलिंगी भनिन्छ । एक अर्काप्रति आकर्षित हुने र प्रेममा पर्ने अवस्था भनेको यौनिकता हो, यौनिकताकै कारण प्रेममा पर्ने र यौन सम्बन्धका लागि तयार हुने अवस्था सिर्जना हुन्छ ।

किशोरावस्थामा पैदा हुने एक विशेष खालको हार्मोनले विपरीत लिंगीसंग आकर्षण हुने र झुकाव राख्ने गर्छ भन्ने जानकारी यौन शिक्षाबाट प्राप्त हुन्छ । एक अर्काप्रति आकर्षित हुनु, माया गर्नु, यौन सम्बन्ध राख्नु अपराध होइन । तर सम्बन्ध राख्ने उमेर र सुरक्षित सम्बन्धको बारेमा ज्ञान दिनु यौन शिक्षा हो । किशोरावस्थामा उत्पन्न हुने यौन जिज्ञासा जस्तै यौन सम्बन्ध, चुम्वन, स्तन, हस्तमैथुन, योनि, वीर्य, विवाह , विवाह पूर्वको सम्बन्ध, परिवार नियोजनका साधानहरु कन्डम, पिल्स आदिका बारेमा जानकारी दिनु नै यौन शिक्षा हो ।

सुरक्षित यौन सम्बन्धका बारेमा जानकारी दिन, यौन रोगबाट बच्न सकिने तरिकाहरु, यौन सम्बन्धका बेला आफ्नो पार्टनरको ईच्छा र सन्तुष्टिका बारेमा बुझ्ने कुरा मात्र नभई यौन सम्बन्धबाट हुने फाइदाका कुराहरु जस्तै सुरक्षित यौन सम्बन्धले सम्बन्ध प्रगाढ बनाउने, एक अर्काप्रति माया बढाउने, रोगसंग लड्ने शक्ति निमार्ण गर्ने, आनन्द लिन सक्ने, आत्मविश्वास बढाउने जस्ता शिक्षा दिने र सुरक्षित यौन सम्बन्धका बारे शिक्षा दिने ध्येयबाट निर्देशित हुनु आवश्यक छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित
कांग्रेस महासमिति सदस्य बरालले दिइन् मणिपाल अस्पतालका ११ जना विरामीलाई जुस

कांग्रेस महासमिति सदस्य बरालले दिइन् मणिपाल अस्पतालका ११ जना विरामीलाई जुस

२०७९ पुस २१ मा प्रकाशित

सर्वाधिक पढिएका

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने
गण्डकी प्रदेश

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

२०७९ माघ २४ मा प्रकाशित
 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.