Play

ताइपेइका हाङ र रसियाकी लैलालाई आइटीएफ जे–५ टेनिस उपाधी

गुरुकुल खबर


पोखरा , कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–५, सर्किट २ मा ताइपेइका के हाउ हाङले पुरुषतर्फ तथा रसियाकी लैला आक्मेतोवाले महिलातर्फ उपाधी जितका छन् । नेपाल टेनिस संघको सहयोगमा पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हङले अमेरिकाका हानु पटेललाई ‘रिटायर्ड हर्ट’मा पराजित गर्दै खेलमा जित हाँसिल गरेका हुन् ।

दोश्रो सेटको खेलमा १–० ले पछि परेका हानुले स्वास्थ्यमा आएको खराबीका कारण खेल छाडेका थिए । पहिलो सेटको खेल हाङले ६–४ ले आफ्नों पक्षमा पारेका थिए ।

महिलातर्फको फाइनलमा रसियन खेलाडी आक्मेतोवाल भारतकी दुर्गान्सी कुमारलाई ६–१, ६–१ ले पराजित गरिन् ।

प्रतियोगितामा विजयी खेलाडीहरुले आइटीएफको महत्वपूर्ण ३० अंक पाएका छन् । त्यसैगरि दोश्रो स्थान हाँसिल गरेका पुरुष तथा महिला खेलाडीले १८ अंक जोडेका छन् ।

पुरुषतर्फ भारतका बंश नन्दल र महिलातर्फ भारतकी काइरा सिद्धार्थले दोश्रो स्थान हाँसिल गरेका थिए ।

विजयी खेलाडीहरुलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले मेडल प्रमाण–पत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै कायस्थले पोखराले टेनिसमा महत्वपूर्ण सफलता हाँसिल गरेको बताए ।

वर्षेनी यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले खेलाडीलाई व्यवसायीकताको बाटोमा अघि बढाएको कायस्थको भनाई थियो ।

खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि टेनिस सिद्ध भएको उनले जनाए । पोखराको टेनिस विकासमा निजी क्षेत्रको अहम भूमिंका रहेको जनाउँदै अब सरकारी र कर्पोरेट क्षेत्रले पनि यसको महत्व बुझ्न आवश्यक रहेको औल्याए ।

आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहयोगीप्रति आभार व्यक्त गर्दै अब पोखरामा छिट्टैनै माछापुच्छ्रे राष्ट्रिय ओपन तथा भेट्रान्स प्रतियोगिता आयोजना गरिने जनाए । संघका उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।

२४ मंसिर २०७९, शनिबार २०:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा