Play

समानुपातिकर्फको मतगणना, नेकपा एमाले-२८ लाख १४ हजार, नेपाली कांग्रेस-२६ लाख ८८ हजार मत

गुरुकुल खबर


काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फको समानुपातिकर्फ १ करोड ४ लाख ७८ हजार हाराहारीको मतगणना सकिएको छ । बाँकी गणना आज सकिने निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार बिहान ६ बजे सम्म गणना भएको मतपरिणाम अनुसार नेकपा एमालेले अग्रस्थान कायमै राखेको छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ । प्रत्यक्षतर्फको अन्तिम परिणाम भने आइसकेको छ ।

२० मंसिर २०७९, मंगलवार ०९:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा