Play

साविक विजेता फ्रान्स र इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा

गुरुकुल खबर


दोहा । साविक विजेता फ्रान्स र इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति सम्पन्न खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ र सोमबार बिहान सम्पन्न खेलमा इग्ल्यान्डले सेनेगलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए । दोहास्थित अल थुमामा मैदानमा जिरौउडले एक गोल गर्दा युवा स्ट्राइकर केलियन एम्बाप्पेले दुईगोल गरेका थिए । जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता भएका छन् । उनको नाममा पाँच गोल भएको छ ।

७५औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता २–० को पारे ।  एमबाप्पेले इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरेका थिए । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले इन्जुरी समयमा पेनाल्टीमा एक गोल फर्काएका थिए । लेवान्डोस्कीले जारी विश्वकपमा दोस्रो गोल हो । यदपि, पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी इग्ल्यान्डको जीतमा जोर्डन हेन्ड्रसनले ३८ औं मिनेट, हेयरी क्यानले पहिलो हाफको अतिरिक्त समयमा र बुकायो साकाले ५७ औं मिनेटमा गोल गरेका थिए ।

१९ मंसिर २०७९, सोमबार ०७:३४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा