तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सबै विकल्पमा छलफल गरेर माओवादीकै नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा माओवादी केन्द्र

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर १८ मा प्रकाशित
in विशेष, Breaking News, बाग्मती प्रदेश, राजनीति, समाचार
सबै विकल्पमा छलफल गरेर माओवादीकै नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा माओवादी केन्द्र
37
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निष्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलस“ग खुला रूपमा छलफल एवं सहकार्यका लागि सबै विकल्प खुला राख्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो ।

कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाधिकारी बैठकले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलस“ग छलफल गर्ने निर्णय गरेको हो ।

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन, सरकार गठनलगायत विषयमा छलफल गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महराले सबै विकल्पमा छलफल गरेर पार्टीकै नेतृत्वमा सरकार गठन गर्न तयार रहेको बताए । सत्तारूढ पाँच दलीय गठबन्धन नछोड्ने तर पार्टी नेतृत्वमा सरकार गठनका लागि अन्य दलस“ग समेत छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । समग्रमा सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो,’ महराले भने, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन । र, अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धन छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।’

माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारूढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि निष्कर्षमा पुगेको हो ।

माओवादी केन्द्रको निर्णयस“गै सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)स“ग मात्रै नभई नेकपा (एमाले), जसपालगायत दलस“ग समेत सरकार निर्माणका लागि छलफल गर्नेछ ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका शीर्ष नेताले आगामी दिन मिलेर अगाडि बढ्न आग्रह गरेका थिए ।

बैठकमा प्रचण्डले प्रदेशको परिणामप्रति खुसी व्यक्त गर्दै प्रतिनिधिसभाको परिणामाप्रति भने असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशको परिणाम सन्तोषजनक रहे पनि प्रतिनिधिसभाको अनपेक्षित रहेको निष्कर्ष प्रचण्डले बैठकमा राखेको पार्टीका सचिव गणेश साहले बताए ।
‘प्रदेशतर्फको परिणाम हेर्दा सन्तोषजनकै छ ।

प्रतिनिधिसभामा हामी नराम्ररी किन खुम्चियौं, निर्मम समीक्षा र सुधार खाँचो छ,’ बैठकमा प्रचण्डले भने । प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितेको छ भने सात प्रदेशसभामा प्रत्यक्षतर्फ ५३ सिटमा विजयी भएको छ ।

प्रचण्डले सम्बोधन गरेपछि चुनावी परिणामसहित सरकार गठनका सम्भावना’bout वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव पम्फा भुसालले धारणा राखे ।

श्रेष्ठले अहिलेको निर्वाचनबाट माओवादीले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसकेको बताउ“दै गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । पार्टी एवं गठबन्धनभित्रैबाट सोचेजस्तो सहयोग नपुगेको निष्कर्ष उनको छ ।

महासचिव गुरुङले प्रतिनिधिसभाको परिणाममा अन्तर्राष्ट्रिय शक्तिको हात रहेको टिप्पणी गरे । ‘पार्टीको अवस्थामा खुम्चिनुमा आन्तरिक कारण पनि छन् तर यसमा अन्तर्राष्ट्रिय शक्तिको भूमिका’bout पनि निर्मम समीक्षा हुन आवश्यक छ,’ उनले भने ।

उपमहाचिव भुसालले गठबन्धनबाट अपेक्षित सहयोग नभएको दुखेसो गरेकी छन् । गुरुङ र भुसाल दुवै प्रतिनिधिसभा सदस्यमा पराजित उम्मेदवार हुन् ।

‘हामी खुम्चिनुमा गठबन्धन दलले सहयोग नगर्नु पनि प्रमुख कारण हो । चुनाव असाध्यै महँगो हुँदै गएको छ, अगामी दिन निर्वाचन प्रणाली’bout समेत निर्णय गरी अगाडि बढ्नुपर्ने हुन्छ,’ उनले भनिन् ।

बैठकमा सबै पदाधिकारी आफ्नो धारणा राख्न बाँकी रहेकाले पदाधिकारी बैठक आज आइतबार दिउँसो २ बजे पुनः बस्दै छ ।

एमाले–माओवादी बन्ला ?

माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किने र नयाँ गठबन्धन बन्न सक्ने संकेत देखिएको छ ।

यदि सत्ता गठबन्धनबाटै सरकार बनाउने माओवादीको चाहना पूरा हुन्थ्यो भने यस्तो निर्णय हुँदैन्थ्यो । तर, सत्तारूढ दलमा रहेका दललाई दबाब दिन पनि यस्तो निर्णय भएको हुनसक्छ । यद्यपि, कांग्रेसले माओवादीलाई समर्थन नगरेको अवस्थामा माओवादीले एमालेस“ग मिलेर सरकार बनाउने निश्चितजस्तो देखिन्छ ।

माओवादी केन्द्रको निर्णयसँगै सत्ता समीकरण बदलिने सम्भावना बढेको छ । गठबन्धन भत्किएर नयाँ गठबन्धनसमेत बन्न सक्ने स्पष्ट संकेत माओवादीको निर्णयको गरेको छ ।

संसद्को तेस्रो ठूलो दल माओवादी पहिलो ठूलो दल कांग्रेस र दोस्रो दल एमाले जोस“ग समेत मिलेर साना दललाई सहमतिमा ल्याई आफ्नै नेतृत्वमा सरकार गठन गर्न कुनै पनि हद पार गर्न सक्ने देखिन्छ ।

शनिबार अबेरसम्म प्रत्यक्षतर्फका १ सय ६५ मध्ये १ सय ६२ सिटको अन्तिम परिणाम आइसकेको छ । तीन सिटको गणना जारी छ । जहाँ दुई स्थानमा कांग्रेसले १ स्थानमा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यही अग्रता अन्तिमसम्म कायम राखे कांग्रेसको सिट ५७ र माओवादीको १८ पुग्नेछ । एमालेले ४४ स्थानमा जित हात पारिसकेको छ ।
एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सिट जितेका छन् । लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एकएक तथा ५ जना स्वतन्त्र छन् ।

समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपि, सात पार्टीले ‘थ्रेसहोल्ड’ कटाइसकेकाले यी सात पार्टीले पाउने सम्भावित सिट संख्या सबैभन्दा धेरै पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सिट पाउने सम्भावना छ । यद्यपि, १–२ सिट तलमाथि हुनसक्छ ।

यसअनुसार कांग्रेसको जम्मा सिट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सिट हुनेछ । यस आधारमा एमाले र माओवादीबीच सहकार्य भए र अन्य केही साना दललाई मिलाउन सकियो भने सरकार बन्न सक्ने अवस्था छ ।

सरकार बनाउन कम्तीमा १३८ सिट

एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सिट गरेर १ सय ३५ सिट हुने देखिन्छ । सरकार बनाउन कम्तीमा १ सय ३८ सिट हुनुपर्छ । त्यसैले यो गठबन्धनलाई बहुमतका लागि राष्ट्रिय स्वतन्त्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी वा स्वतन्त्र सांसदमध्ये केहीको आवश्यक पर्छ ।

एमाले र माओवादीको नयाँ बन्ने गठबन्धनले यीमध्ये केहीलाई आफ्नो गठबन्धनमा समर्थन जुटाउन सक्यो भने सरकार बनाउन सजिलो नै छ । एमाले र माओवादीको नयाँ गठबन्धन बनेसँगै साना दल एवं स्वतन्त्रतर्फका सांसद तानातानमा पर्ने देखिन्छ ।

नेपाल र खड्काबीच छलफल
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच सरकार निर्माण’bout छलफल भएको छ ।

निर्वाचन समीक्षास“ग अगामी दिन गठन हुने सरकार’bout छलफल भएको खड्काको सचिवालयले जनाएको छ । पछिल्लो समय सरकार गठनका लागि शीर्ष नेता आन्तरिक छलफल तीव्ररूपमा गरिरहेका छन् ।

प्रमुख दलका शीर्ष नेताका साथै उनीहरू निकटका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, नेपालबीच छुट्टाछुट्टै छलफल भएको थियो । बालुवाटारमा छलफलपश्चात् प्रचण्ड र नेपालबीच समेत सरकार गठन’bout छलफल भएको थियो ।

लगतै प्रचण्ड, नेपाल, डा. बाबुराम भट्टराईसहितका नेताले डिल्लीबजार जेलमा रहेका उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई छुट्टाछुट्टै भेटघाट गरी सरकार निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए । सो सूचना सार्वजनिक भएपछि चौधरीलाई देउवा निकट नेतासमेत भेट्न पुगेका थिए ।

उता, कांग्रेस सभापति देउवाकै नेतृत्वमा सरकार निर्माणका लागि दौडधुपमा रहेका कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई देउवासँग भेट गराई सरकारमा सहभागी हुन सहमत गराइसकेका छन् ।

सरकार गठनको दौडधुपमा रहेका प्रचण्डले डा. भट्टराईसँग नियमित छलफल गर्दै सहमति जुटाउने प्रयास जारी राखेका छन् । प्रचण्डको दौडधुप देखेर देउवाले स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेटेर सरकारमा सहभागी हुन र सहयोग गर्न आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.