तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माओवादी केन्द्रले सरकार गठनका लागि विकल्प खुला राख्ने निर्णय गरेसँगै कम्युनिस्टको नेतृत्वमा नया सरकार बन्न सक्ने सम्भावना

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर १८ मा प्रकाशित
in विशेष, Breaking News, बाग्मती प्रदेश, राजनीति, समाचार
माओवादी केन्द्रले सरकार गठनका लागि विकल्प खुला राख्ने निर्णय गरेसँगै कम्युनिस्टको नेतृत्वमा नया सरकार बन्न सक्ने सम्भावना
35
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमालेलगायतसँग ‘सरकार गठनका लागि छलफल गर्न सकिने र विकल्प खुला राखिने’ निर्णय गरेसँगै कम्युनिस्ट दलको नेतृत्वमा नया“ सरकार बन्न सक्ने सम्भावना देखिएको छ ।

माओवादी केन्द्रका पदाधिकारीको शनिबार बसेको बैठकले ‘सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै सरकार गठनको कोर्स फेरिने’ सम्भावना देखिएको हो । जसअनुसार एमाले र माओवादी केन्द्रकै नेतृत्वमा नया“ सरकार बन्नसक्ने सम्भावना बढेको हो ।

एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन प्रक्रिया थालेमा त्यसको नेतृत्व ‘एमाले अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नसक्ने तथा पालैपालो प्रणालीमा जानसक्ने वा त्यस्तो सरकार कम्युनिस्ट नेतृत्वको हुनसक्ने’ बताइएको छ ।
सत्तारूढ गठबन्धन जारी रहेमा भने त्यसबाट बन्ने सरकारको नेतृत्व कांग्रेसबाटै हुने भएकाले पनि एमाले र माओवादी केन्द्रका केही नेता ‘कम्युनिस्ट नेतृत्वकै सरकार बनाउने’ गृहकार्यमा जुटेका हुन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले ‘कम्युनिस्टबीच एकता कायम गरेर आफू नेतृत्वमै सरकार गठन हुनसक्ने’ बताइसकेका छन्।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि कम्युनिस्ट सरकारको सम्भावना बढिरहेको बताए ।

उता, एमाले वरिष्ठ उपाध्यक्ष सुवास नेम्वाङले पनि ‘एमाले र माओवादी केन्द्रबीच छलफल जारी राख्नुपर्ने र कम्युनिस्ट एक हुनुपर्ने’मा जोड दिएका छन् ।

माओवादी केन्द्रले शनिबार बैठकबाटै सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्न सक्ने संकेत देखिएको छ ।

राजनीतिक विश्लेषकका अनुसार गठबन्धनबाटै सरकार बनाउने माओवादीको चाहना हुन्थ्यो भने शनिबार विकल्प खुला राख्ने निर्णय गर्नुपर्ने थिएन । तर, माओवादीको यो निर्णय पहिलो चरणमै सत्ता नेतृत्व आफैंले गर्ने रणनीतिसाथ आएको हुनसक्ने विश्लेषण गरिएको छ ।
माओवादी केन्द्रले अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठनका लागि ‘जसले सहयोग गर्छ, उसैसँग सहकार्य गर्नसक्ने’ संकेत पनि दिएको छ । तर, प्रतिनिधिसभा २ सय ६५ मध्ये बढीमा ३२ सिट मात्रै ल्याउन सक्ने आँकलन गरिएको माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्दा उसमाथि नैतिक प्रश्न त छँदै छ ।

माओवादीले प्राप्त गर्ने सिट कांग्रेस र एमालेले प्राप्त गर्ने आधाभन्दा कम भएकाले कांग्रेस र एमाले दुवैले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न कठिन रहेको सम्बन्धित दलका नेताले बताएका छन् ।

उता, माओवादीको शनिबारको बैठकसँगै ‘नयाँ सरकार सत्ता गठबन्धनकै बन्छ’ भनेर ढुक्क बस्ने स्थिति नरहेको राजनीतिक विश्लेषकको भनाइ छ ।

शनिबार अबेरसम्म प्रत्यक्षतर्फका १ सय ६५ मध्ये १ सय ६२ सिटको अन्तिम परिणाम आइसकेको छ । तीन सिटको गणना जारी छ । कांग्रेसको ५७ र माओवादी केन्द्रको १८ पुग्ने देखिएको छ ।

एमालेले ४४ स्थानमा जीत हात पारिसकेको छ । नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन् ।

त्यस्तै, लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले १–१ तथा ५ स्वतन्त्र छन् । समानुपातिकमा सबैभन्दा धेरै सिट पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सिट पाउने सम्भावना छ ।

यद्यपि, १–२ सिट तलमाथि हुनसक्छ । जसअनुसार अब कांग्रेसको जम्मा सिट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सिट हुने देखिएको छ ।

यस्तो, अवस्थामा एमाले र माओवादीबीच सहकार्य भएमा एमालेको ७८ माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सिट गरेर १ सय ३५ सिट हुने देखिएको छ । सरकार बनाउन १ सय ३८ सिट आवश्यक पर्ने हु“दा बा“की ४ देखि ५ सिट जनमत तथा नागरिक उन्मुक्ति पार्टी तथा अन्य स्वतन्त्रसँग बाट लिएर पनि एमाले र माओवादी केन्द्रले सरकार बनाउन सक्ने देखिएको हो । जनमतका सिके राउतले सरकारमा जानका लागि ‘जोसुकैसँग पनि तालमेल गर्न सकिने’ बताउ“दै आएका छन् । त्यस्तै, एमाले तथा वामनेतृत्वमा सरकार बनेमा राप्रपा तथा लोसपाले पनि सहयोग गर्नसक्ने देखिएको छ ।

– राजधानी बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.