Play

चेन हुई र हाउ हङ फाइनलमा

गुरुकुल खबर


पोखरा । ताइपेइका चेन हुई हो र ताइपेइकै के हाउ हङ पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगिताको मेन्स सिंगल्स फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै हई र हङ फाइनलमा प्रवेश गरेका हुन् ।

चेन हुईले ताइपेइकै काई यन याङलाई ६–१,६–३ ले तथा हङले भारतका स्मीत निलेशभाईलाई ६–१,६–१ ले पराजित गरे ।

महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमार र श्रीनिधी बालाजीले अन्तिम दुईमा स्थान बनाए । दुवै खेलाडीले रिटायर्ड हर्टमा जित हाँसिल गरेका हुन् । दुर्गाङसीले भारतकै इशी महेश्वरीबाट पहिलो सेट ६–० र दोश्रो सेट ३–० को अवस्थामा रिटायर्ड हर्ट पाइन भने श्रीनिधीले पहिलो सेट ६–४ ले आफ्नों पक्षमा परेकी थिइन् । दोश्रो सेट २–० मा हुँदा लम्मी श्री डण्डुले रिटायर्ट हर्टमा बिदा लिइन् ।

मेन्स डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तीक सर्माको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट वाकओभर पाउँदै विजयी बने । सेमिफाइनल खेलका क्रममा युमका हातमा समस्या आएपछि उनले फाइनल गुमाएका हुन् । प्रदेश खेलकुद परिषद्, गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले पुरस्कृत गरे ।

त्यस्तै, महिला डबल्सफर्त भारतका श्रीनिधी बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले प्रथम स्थान हाँसिल गरे । भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमार जोडीसंगको अन्तिम भेटमा ६–२, ६–२ को सहज जित निकाल्दै प्रथम स्थान ओगटन सफल भएका हुन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने छ ।

शनिबारदेखिनै प्रतियोगिताको सर्किट–२ शुरु हुने टुर्नामेण्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।

 

१६ मंसिर २०७९, शुक्रबार १९:४१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा