तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एक्लै लड्दा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेस ५ वर्षअघिको तुलनामा दुई गुणा बढी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर १४ मा प्रकाशित
in राजनीति, Breaking News, बाग्मती प्रदेश, समाचार
कास्कीमा काँग्रेसबाट को को छन् प्रदेश सांसदका आकांक्षी? नामावली सहित
32
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाली कांग्रेसले ५ वर्ष अघिको चुनावको तुलनामा यो चुनावमा उल्लेखनीय प्रगति गरेको छ । शक्तिशाली वाम मोर्चासँग एक्लै लड्दा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेस अहिले अघिल्लो चुनावमा एमालेसँगको गठबन्धनमा रहेका दलहरूलाई समेत मिलाएर नयाँ गठबन्धन बनाएर चुनावमा गएको थियो ।

उक्त गठबन्धनको लाभ कांग्रेसले मजैसँग लियो, अहिलेसम्म प्राप्त मत परिणाममा कांग्रेसले ५२ सिट जितिसकेको छ, दुई सिटमा अग्रता लिएको छ । यो ५ वर्षअघिको तुलनामा दुई गुणाभन्दा बढी हो ।

यद्यपि कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका सबै क्षेत्र जोगाउन भने सकेको छैन । उसले जितेकामध्ये केबल ९ क्षेत्र जोगाएको कांग्रेसले ४३ वटा नयाँ क्षेत्रमा आफूलाई फैलाएको छ ।

कांग्रेसले अघिल्लोपटक जितेकामध्ये चार वटा क्षेत्रको मतान्तर एक हजारभन्दा कम थियो । तीमध्ये तीन वटामा (सुनसरी–३, उदयपुर–१ र बर्दिया–१) एमाले तथा एउटा (काठमाडौं १) मा विवेकशील साझा प्रमुख प्रतिष्पर्धी थिए ।

यी चारमध्ये बर्दिया–१ र काठमाडौं–१ कांग्रेसले जोगाएको छ भने सुनसरी–३ र उदयपुर–१ को मतगणना सकिएको छैन । सुनसरीमा कांग्रेसका विजयकुमार गच्छादारलाई एमालेकी भगवती चौधरीले फराकिलो अन्तरले पछाडी छाडेकी छन् भने उदयपुरमा पनि परराष्ट्रमन्त्री नारायण खड्कालाई एमालेकै मन्जुकुमारी चौधरीले पच्छाइरहेकी छिन् ।

अघिल्लो चुनावमा कांग्रेसले जितेकामध्ये मतान्तर ५ हजार भन्दा कम तर १ हजार भन्दा बढी भएका क्षेत्र १२ थिए । जसमध्ये सात वटामा एमाले निकटतम प्रतिद्वन्द्व थियो । ती सात क्षेत्रमध्ये तीन वटा (रौतहट–४, रसुवा र काठमाडौं–४) कांग्रेसले जोगाएको छ । तीन वटा (मोरङ–२, सिरहा–१ र बारा–१) एमालेले लग्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा (काठमाडौं–६) जितेको छ ।

२०७४ मा कांग्रेस उम्मेद्वारले ५ हजार भन्दा कम मतान्तरले जितेकामध्ये २ वटामा (काठमाडौं–१० र नवलपरासी सुस्ता बर्दघाट पूर्व–१) मा माओवादी केन्द्र, दुई वटामा (रौतहट २ र कपिलवस्तु ३) फोरम र एउटामा (सर्लाही–४) राजपाका उम्मेद्वार प्रमुख प्रतिष्पर्धी थियो । माओवादी केन्द्र प्रमुख प्रतिष्पर्धी रहेका दुवै क्षेत्र कांग्रेसले जोगाएको छ ।

फोरम प्रतिष्पर्धी रहेकामध्ये एउटामा स्वतन्त्र उम्मेद्वार (रौतहट–२) तथा एउटामा एमालेका उम्मेद्वार (कपिलवस्तु–३) विजयी भएका छन् । तत्कालीन राजपा प्रमुख प्रतिष्पर्धी रहेको सर्लाही–४ मा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वार बनेका अमरेशकुमार सिंहले चुनाव जितेका छन् ।

कांग्रेसले २०७४ मा जितेका २३ क्षेत्रमध्ये ९ वटा मात्र अहिले जोगाउन सक्यो । बचेका १४ वटा क्षेत्रमध्ये एमालेले ६ वटा (मोरङ–२, सुनसरी–२, सिरहा–१, बारा–१, रूपन्देही–५ र कपिलवस्तु–३) कांग्रेसबाट खोस्न सफल भयो । सुनसरी–३, सुनसरी–४ र उदयपुर–१ को नतिजा आइसकेको छैन ।

स्वतन्त्र उम्मेद्वार दुई वटामा (सर्लाही–४ र रौतहट–२), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र लोसपाले एक/एक क्षेत्रमा क्रमश: काठमाडौं–६, नवलपरासी बर्दघाट पश्चिम सुस्ता–२ र रूपन्देही–४ मा विजयी भए ।

कांग्रेसले अहिलेसम्म जितेका ५३ वटा क्षेत्रमध्ये आफूले अघिल्लोपटक जितेकाबाट ९ वटा जोगाएको हो भने ४३ वटा नयाँ क्षेत्रमा आफूलाई फैलाएका हो । जसमध्ये एमालेबाट ३२ वटा, माओवादी केन्द्रबाट ५ वटा, तत्कालीन फोरमबाट ४ वटा र तत्कालीन राजपाबाट दुई वटा प्राप्त गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.