Play

नेकपा एमाले – २०७४ सालको चुनावबाट हासिल गरेको दलीय हैसियत यसपटक उलटपुलट

गुरुकुल खबर


काठमाडौं । २०७४ को आम निर्वाचनबाट निकै गरमागरम देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आम निर्वाचन २०७९ सकिँदा नरम अवस्थामा आइपुगेका छन् । अघिल्लो आम निर्वाचनमा उनको शारिरीक शुस्वास्थ्य राम्रो थिएन । बाम गठबन्धनबाट राम्रो नजिता ल्याएर इतिहासकै बलियो प्रधानमन्त्री बनेका ओलीलाई चाहेर पनि स्वास्थ्यले काम गर्न दिएको थिएन् ।

अहिलेको आम निर्वाचन सकिँदा अध्यक्ष ओली शारिरीक रुपमा तन्दुरुस्त देखिन्छन् । तर, उनको राजनीतिक शरीर भने अस्वस्थ्य मात्र भएको छैन एक हिसावले ध्वस्त जस्तैछ । नेकपा माओवादीसंँग एकताको प्रक्रिया अगााडी बढाउने गरी भएको बाम तालमेलबाट सरकार बनाउन स्पष्ट मत लिएर आएको ओलीले त्यसपछि आफु अनुकुलको राम्रो टिम बनाएका थिए । पछि माओवादीसहित पार्टीभित्रका आफुइतर समूहलाई ठेगान लगाउन पनि उनले यही टिम परिचालन गरेका थिए ।

गतवर्ष भएको पार्टीको महाधिवेशनपछि अध्यक्ष ओलीले आफ्नो टिमलाई फर्मेशन गर्दै शंकर पोखरेललाई पार्टीको महत्वपूर्ण जिम्मेवारी भएको महासचिव पदमा पुर्याएका थिए । टिमभित्र सामान्य फेरबदल गरेपनि उनले असमान्य परिवर्तन भने गरेका थिएनन् । यो आम निर्वाचनमा ओलीको टिमभित्रबाट १४ जना प्रतिप्र्धामा गएका थिए । जसमध्ये १० जना पराजित भएर फर्किएपछि ओलीको राजनीतिक शरीर अस्वस्थ्य हुनपुगेको छ ।

उनको टिमभित्रबाट विष्णु रिमाल लगायत केहीले मात्र चुनाव लडेनन् । चुनावमा गएका १४ जनामध्ये सुवास नेम्वाङ, विष्णु पौडेल, गोकुल बास्कोटा र सुर्य थापामात्रै निर्वाचित भएका छन् । उनको आफ्नो टिम मात्र हैन उनले नेतृत्व गरिरहेको नेकपा एमालेको अन्य उम्मेदवारहरुको नतिजा पनि सोचेअनुसार आएन् । ओलीले चुनाव अगाडी प्रत्यक्षमा १ सय सीट र समानुपातिकमा ५० सीटको दावी गरेका थिए । उनले नेपाली कांग्रेसलाई प्रत्यक्षमा १३ सीट भन्दा बढी जितेर देखाउन चुनौतीसमेत दिएका थिए ।

अहिले निर्वाचनको परिमाण हेर्दा सुखद कुनै दलको नभएपनि दलीय हिसाव नेपाली कांग्रेस अगाडी आएको छ । चुनावमा संँगै गएको सत्ता गठबन्धनभित्र राजनीनित समीकरणमा परिवर्तन नआएसम्म सत्ता गठबन्धनले सरकार गठनका लागि सहज संख्या पुर्याउने निश्चित छ । एमालेले राम्रो नतिजा ल्याउन नसकेको र आफ्नै टिमको हरिबिजो बनाएर जनताले पठाएपछि ओली यतिबेला साना दललाई सरकारको नेतृत्व गर्न उक्साइरहेका छन् । ओलीले यो निर्वाचनबाट उदाएका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई सरकारको नेतृत्व गरे एमालेले बाहिरबाट सघाउने आश्वासन पनि दिएका छन् ।

अब ९ क्षेत्रको मात्रै परिणाम आउन बाँकी रहेकाले कांग्रेस वा एमालेले नयाँ चमत्कार गर्नसक्ने अवस्था छैन् । तर, ओली मतगणना हुननसकेका क्षेत्रमा पुनः मतदान गराउनुपर्ने भन्दै निर्वाचन आयोगलाई दवाव दिइरहेका छन् । प्राय प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म सार्वजिनक भएको मतपरिणाम अनुसार २०७४ सालको चुनावबाट हासिल गरेको दलीय हैसियत यसपटक उलटपुलट भइसकेको छ । गत चुनावमा प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले अहिलेसम्मको मतपरिणाम अनुसार र उसले लिएको अग्रता हेर्दा ४५ सीट भन्दा तल नै खुम्चिने देखिएको छ ।

समानुपातिक तर्फको मतगणना पछिको सिट बाँडफाँटबाट पनि एमाले अब संघीय संसमा पहिलो दलको रुपमा रहने सम्भावना छैन् । पाँच दलीय सत्तागठबन्धनसँग भिड्न स–साना दलसँग चुनावी तालमेल गरेर प्रतिस्पर्धामा होमिएको एमालेका लागि अहिले प्राप्त सिट अनपेक्षित पक्कै होइनन् । तर जो जो व्यक्तिले चुनाव हारे त्यसले ओलाई पार्टी सञ्चालनमै हसहज अवस्थाको संकेत दिएको छ ।

भलै उनले झापाा ५ बाट फराकिलो अन्तरमा विजय प्राप्त गरे पनि उनको टिम जसले सरकार र पार्टी चलाउन सहयोग गर्दै आएको थियो त्यो जनताको नजरमा खसिसकेको छ । संघीय संसदमा पनि यसपटक विगतको जस्तो दृष्य नदेखिने आवस्था छ । ओलीलाई लामो समयदेखि साथ दिँदै आएका र नेकपा बनेपछि पार्टी भित्रको अन्तरसंघर्ष र सरकारको नेतृत्व गर्दा पार्टी र सरकारका कामकारवाही संचालन गर्ने ओलीको निजि टिमका सदस्यहरु मात्र यो चुनावमा हारेका छैनन् पार्टीका पदाधिकारीदेखि स्थायी कमिटी र पोलिटब्यूरो सम्मका नेताहरूलाई जनताले फालेका छन् ।

ओलीको सरकारी काम काजमा भित्रिरुपमा का गर्दै आएका इश्वर पोखरेल हारेका छन् भने विष्णु पौडेलले जितेका छन् । गत चुनावमा फराकिलो मतान्तर सहित काठमाडौं ५ बाट जितेका पोखरेल यसपटक कांग्रेससँग पराजित भए । ओली प्रधानमन्त्री बनेपछि उपप्रधान तथा रक्षामन्त्री बनेका उनले कोरोना महामारीका बेलामा मुख्य कमाण्डको जिम्मा लिएका थिए । औषधी खरिदमा अनियमितता भयो भन्दै ओलीमाथि अरुले गर्ने राजनीतिक प्रहारको प्रतिवाद गर्ने मध्येको अग्रपंतिमा पोखरेल रहेका थिए ।

ओलीका सबैभन्दा विश्वासपात्र रहेका महासचिव शंकर पोखरेल दाङ– २ बाट माओवादी केन्द्रकी रेखा शर्मासँग हारे । पार्टीभित्र आफूपछिको नेतृत्व लिनसक्ने नेताको रुपमा लिएका ओलीले गत वर्ष भएको पार्टीको महाधिवेशनमा विष्णु पौडेलललाई पाखा लगाउँदै पोखरेललाई महासचिवको रुपमा अघि सारेका थिए । ओली समूहभित्र विष्णु पौडेल पनि महासचिवका आकांक्षी थिए । तर ओलीले उनलाई नदिएर पोखरेललाई अघि सारे । यहाँसम्म की ओलीको प्रस्तावलाई अरुले विमति जनाउनसमेत पाएनन् ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत बनेका पोखरेल दाङमा राजधानी सारेको, गत स्थानीय तहको चुनावमा दाङका दुईवटा उपमहानगरमा जिताएको लगायत कारणले चुनाव जित्नेमा ढुक्क थिए । तर यसपटक दाङमा उनले मात्र हारेनन् प्रतिनिधिसभा र प्रदेशसभामा एमाले निल नै भयो । सबै क्षेत्रमा एमाले पराजित भएको छ । पोखरेलपछिका विश्वासीला पात्र हुन् प्रदीप ज्ञावाली । ओलीको निजि टिमका प्रदीप ज्ञवाली गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भए ।

राजन भट्टराई अध्यक्ष ओलीका खास भित्री टिमका सदस्य हुन् । उनी काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापासँग पराजित भए । गत चुनावमा पनि त्यही ठाँउबाट पराजित भएका भट्टराई संसद् छिर्न नपाए पनि ओली सरकार बन्दा त्यसलाई संचालन गर्ने टिमका एक मुख्य सदस्य थिए । उनी ओली प्रधानमन्त्री बनेपछि उनको परराष्ट्र सल्लाहाकारको रुपमा काम गरे । ओलीका हरेक गतिविधिको बचाउमा खरो उत्रिने नेतामा उनी पर्छन् । परराष्ट्र सम्बन्धका सवालमा ओलीले परामर्श गर्ने मुख्य नेता मध्ये भट्टराई पर्छन् ।

ओलीका कानूनी सल्लाहकार अग्नि खरेल टिमका अर्का मुख्य सदस्य हुन् । कानुनी पृष्ठभूमिका खरेल ओली पहिलोपटक प्रधानमन्त्री हुँदा कानुनमन्त्री बनेका थिए । ओली दोस्रोपटक प्रधानमन्त्री बन्दा भने उनी महान्यायाधिवक्ता बने । मन्त्री बनिसकेका व्यक्ति खरेल ओलीलाई सघाउने भन्दै महान्यायाधिवक्ता बनेका थिए । खरेल यसपटक प्रत्यक्ष चुनाव लड्न झापा–१ पुगेका थिए । उनी त्यहाँ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भए ।

ओलीको निजिटिममा रहेका यी बाहेक अन्य केही नगन्य नेताहरुले भने जितेका छन् । रुपन्देहीमा उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन् । ओलीको टिममा एक भित्रिया सदस्य मानिने पौडेल ओली सरकारमा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । त्यस्तै ओली प्रधानमन्त्री हुँदा संचारमन्त्री बनेका गोकुल बाँस्कोटा काभ्रे–२ बाट विजयी बनेका छन् । ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका सूर्य थापाले प्यूठानबाट जितेका छन् । एमालेका उपाध्यक्ष समेत रहेका ओलीका टिमका अर्का सदस्य सुवासचन्द्र नेम्वाङ भने झिनो मतान्तरमा इलाम–२ बाट विजयी भए ।

एमाले अध्यक्ष ओलीका विश्वासपात्रमध्येका व्यक्ति शेरधन राई पनि हुन् । २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीले राईलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएका थिए । २०७४ सालमा उनी भोजपुरबाट प्रदेशसभामा निर्वाचित भए । प्रदेश– १ को पहिलो मुख्यमन्त्री बने । तत्कालीन पार्टी सचिव भीम आचार्य पनि मुख्यमन्त्रीका आकांक्षी थिए । तर उनी माधव नेपाल पक्षका भएकाले ओलीले आचार्यभन्दा पार्टीमा जुनियर राईलाई मुख्यमन्त्रीको जिम्मेवारी दिएका थिए । उनी माओवादी केन्द्रका सुदन किराँतीसँग भोजपुरमा पराजित भए ।

पार्टीभित्रको युवाफाँटमा ओलीका विश्वास पात्रमध्ये एक हुन् महेश बस्नेत । उनी भक्तपुर–२ बाट कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग चुनाव हारे । यसअघि भारी मतान्तरले जितेका बस्नेत यसपटक झिनो मतान्तरमा हारे । पार्टी र विषेशगरी ओलीको पक्षमा युवा परिचालन गर्ने मुख्य व्यक्ति बस्नेत हुन् । ओलीले तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा अन्य वरिष्ठ नेताहरुलाई छोडेर उनलाई उद्योगमन्त्री बनाएका थिए । ओलीका राजनीतिक संकटमा सडकबाट समेत विपक्षीको प्रतिरोधमा उत्रिने बस्तेन यसपटक हारेका छन् ।

निरुदेवि पाल पनि ओलीको कोर टिमकी एक सदस्य हुन् । महिला र युवा फाँटमा काम गर्ने पाललाई ओलीले युवासंघको अध्यक्षदेखि अघिल्लो संसदमा समानुपातिक सांसदसम्म बनाए । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनको सचिवालयमा जनसम्पर्क सल्लाहकारको रुपमा पाललाई राखेका थिए । गत संसदमा उनले महिला बालबालिका समितिको सभापतिको जिम्मा पनि पाएकी थिइन् । ओलीका गतिविधिको प्रतिरक्षामा खरो उत्रिने पाल यसपटक भने पराजित भइन् ।

कोरोना कालमा पार्टीलाई राम्रो आम्दानी दिनेमध्येका एक हुन भानुभक्त ढकाल । ओलीको भित्रिया समूहका एक सक्रिय नेता उनी यसपटक मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. शुनिल शर्मासँग पराजित भए । गत चुनावमा यही क्षेत्रबाट निर्वचित ढकाल यसपटक फराकिलो मतान्तरमा कांग्रेसका सुनील शर्मासँग पराजित भए ।

२०७४ सालको चुनाव जितेपछि ओलीले ढकाललाई सुरुमा कानुनमन्त्री बनाए । त्यसपछि उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए । कोरोना महामारीका बेलामा उनले उत्कृष्ट काम गर्न नसकेको भन्दै आलोचना पनि भएको थियो । धेरै आलोचित भएपछि मन्त्रिपरिषद् पुनर्गठनका क्रममा केही दिन उनी पर्यटनमन्त्री समेत बनेका थिए ।

पार्टीमा अरु योग्य हुँदाहुँदै पनि मुख्य सचेतक बनाइएका विशाल भट्टराई पनि खोटाङबाट पराजित भएका छन् । उनी यसपटक माओवादीका रामकुमार राईसँग पराजित भए । पार्टीभित्रको अन्तरसंघर्षमा सधैँ ओलीलाई साथ दिँदै आएका भट्टराई नेकपा विभाजनका बेलामा ओलीको पक्षमा सार्वजनिक रुपमा थप मुखर भए । भट्टराईलाई गत संसदमा ओलीले प्रमुख सचेतकको भूमिका दिएका थिए । पछिल्लो समय ओलीको टिमको भित्री घेरामा पुगिसकेका भट्टराई अब बाहिर पुगेका छन् ।

नेपाल बहसबाट

१३ मंसिर २०७९, मंगलवार १२:३५ मा प्रकाशित
Nabintech