Play

विश्वकप खेलिने आठ वटै रंगशाला दोहाबाट २१ माइल दूरीमा, कतारका ८ रंगशाला कस्ता छन् त ?

गुरुकुल खबर


एजेन्सी । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ सुरु हुन अब एक साता मात्रै बाँकी छ । हरेक टोलीले आफ्नो अन्तिम २६ सदस्यीय टोली घोषणा गरिरहेका छन् । क्लबहरुले विश्वकपका लागि आफ्नो खेलाडीलाई राष्ट्रको प्रतिनिधित्व गर्न एक साता मात्रै समय दिएको छ । सोही कारण सबै टोलीले यसै सातादेखि प्रशिक्षण सुरुवात गर्दैछ ।

खेलाडीहरु आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै खेल्ने तयारीमा रहँदा खाडी मुलुक कतारले यसपटक चुनौतीका बावजुत रंगशाला निर्माण सम्पन्न गरिसकेको छ । कतारले विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरेको हो । आठ रंगशालामध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । एउटा रंगशाला कन्टेनरबाट निर्मित छ । अर्को एउटा रंगशाला योनी आकारको बनाइएको भन्दै विश्वमा आलोचित बनेको छ । सबै रंगशालामा सोलार प्यानल फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ । यद्यपि विश्वकप पहिलोपल्ट जाडो मौसममा हुँदैछ ।

कतारले विश्वकपका लागि निर्माण गरेका सबै रंगशाला दीर्घकालसम्म राख्नेछैनन् । कतारले एउटा रंगशाला सुरक्षित राख्नेछ । ६ वटा रंगशालाको सिट क्षमता घटाएर त्यसलाई विकासशील देशमा पठाइनेछ । एउटा रंगशाला पूर्ण ध्वस्त पारिनेछ । विश्वकप खेलिने आठ वटै रंगशाला दोहाबाट २१ माइल (३३.७९ किलोमिटर) दूरीमा अवस्थित छन् । सबै रंगशालालाई मेट्रो र ट्राम प्रणालीमा जोडिएको छ । यसले गर्दा समर्थकले धेरैभन्दा धेरै खेल हेर्न पाउनेछन् । विश्वकपमा प्रयोग हुने ८ वटै रंगशालाको अनौठो डिजाइन र विशेषता छन् । प्रत्येक रंगशालामा कतारको संस्कृति र परम्परा झल्काइएको छ । विश्वकप हुने कतारका ८ रंगशाला कस्ता छन् त ? हेरौं ।

समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स
समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान
समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया
समूह ‘जी’ – ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’ – पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

लुसेल रंगशाला
लुसेल रंगशाला विश्वकपको लागि सबैभन्दा आकर्षक रंगशाला हो । यहाँ फाइनलसहित प्रमुख १० खेल हुनेछन् । यो रंगशाला यही वर्ष निर्माण सम्पन्न भएको हो । यसलाई प्रकाश र छायाको परस्पर क्रिया रहने फेनर ल्यान्ट्रन विधिमा डिजाइन गरिएको छ । विश्वकपपछि यसको अधिकांश सिट निकालेर विकासशील देशलाई दान दिइनेछ । लुसेल सिटीमा अवस्थित यो रंगशाला ३३ बिलियन पाउण्डमा निर्माण गरिएको हो । ८० हजार दर्शक क्षमताको यस रंगशालामा फाइनलसहित १० खेल हुनेछ ।

२२ नोभेम्बर – अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया
२४ नोभेम्बर – ब्राजिलविरुद्ध सर्विया
२६ नोभेम्बर – अर्जेन्टिनाविरुद्ध मेक्सिको
२८ नोभेम्बर – पोर्चुगलविरुद्ध उरुग्वे
३० नोभेम्बर – साउदी अरेबियाविरुद्ध मेक्सिको
२ डिसेम्बर – क्यामरुनविरुद्ध ब्राजिल
५ डिसेम्बर – प्रि–क्वाटर (‘एच’को विजेता र ‘जी’को उपविजेता)
९ डिसेम्बर – क्वाटरफाइनल (खेल ४९ र ५० को विजेता
१३ डिसेम्बर – सेमिफाइनल (खेल ५७ र ५८ को विजेता
१८ डिसेम्बर – फाइनल

अल जानोव रंगशाला


अल बकराह रंगशालाका रुपमा परिचित यो रंगशालामा सात खेल हुनेछ । ४० हजार दर्शक क्षमता भएको यस रंगशालालाई परिस्कृत गरेर अल जानोव बनाइएको हो । यसको डिजाइन तटीय शहरको समुद्री विरासतलाई आधार मानेर गरिएको हो ।

यो रंगशालाको छानो स्वचालित हुनेछ । आवश्यक समयमा बन्द गरेर पनि खेल हुनेछ । अत्याधुनिक चिस्यान प्रणालीको जडानसँगै यहाँ चर्को गर्मीमा पनि आरामदायी रुपमा फुटबल खेल्न र हेर्न सकिने बताइन्छ । यो रंगशाला ब्रिटिस–इराकी वास्तुकार स्वर्गीय डेम जाहा हदिदले गरेकी हुन् । सन् २०१६ मा हृदयघातका कारण ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । यस रंगशालाको प्रारम्भिक डिजाइन सार्वजनिक भएलगत्तै आलोचकहरुले यसको बाहिरी आकार योनीजस्तो भएको बताएका थिए । त्यतिबेला यस्तो तुलनासँग डेम आक्रोशित बनेकी थिइन् । उनले भनेकी थिइन्, ‘यो वास्तवमै सर्मनाक हो । उनीहरु किन यस्ता वकबास कुरा गरिरहेका छन् । उनीहरु के कुरा भन्न खोजिरहेका हुन् । प्वाल भएका सबै कुरा योनी हुन्छन् ?’ विश्वकपका लागि निर्माण गरिएको रंगशालाको निर्माण २०१९ मै पूरा भएको हो ।

२२ नोभेम्बर – फ्रान्सविरुद्ध अष्ट्रेलिया
२४ नोभेम्बर – स्विट्जरल्यान्डविरुद्ध क्यामरुन
२६ नोभेम्बर – ट्युनेसियाविरुद्ध अष्ट्रेलिया
२८ नोभेम्बर – क्यामरुनविरुद्ध सर्विया
३० नोभेम्बर – अष्ट्रेलियाविरुद्ध डेनमार्क
१ डिसेम्बर – घानाविरुद्ध हंगेरी
५ डिसेम्बर – प्रि–क्वाटर (‘ई’को विजेता र ‘एफ’को उपविजेता)

अल बेयट रंगशाला
दोहाबाट सबैभन्दा टाढा रहेको यस अल बेयट रंगशालामा उद्घाटनसहित सेमिफाइनलसम्मका खेल हुनेछन् । ६० हजार दर्शक क्षमता रहेको यस रंगशालालाई परम्परागत अरव शैलीलाई प्रतिनिधित्व गर्ने गरी यसको डिजाइन गरिएको छ । यो रंगशाला अरब टेन्टजस्तै देखिन्छ जसलाई स्थानीय भाषामा बेयट अल सार भनिन्छ । गर्मीबाट जोगिनका लागि यो रंगशालामा पनि छत लगाइएको छ ।

२० नोभेम्बर – कतारविरुद्ध इक्वेडर
२३ नोभेम्बर – मोरोक्कोविरुद्ध सेनेगल
२५ नोभेम्बर – इङ्ल्यान्डविरुद्ध अमेरिका
२७ नोभेम्बर – स्पेनविरुद्ध जर्मनी
२९ नोभेम्बर – नेदरल्यान्ड्सविरुद्ध कतार
१ डिसेम्बर – कोष्टारिकाविरुद्ध जर्मनी
४ डिसेम्बर – प्रि–क्वाटर (‘बी’को विजेता र ‘ए’को उपविजेता)
१० डिसेम्बर – क्वाटरफाइनल (खेल ५१ र ५२ को विजेता)
१४ डिसेम्बर – सेमिफाइनल (खेल ५९ र ६० को विजेता)

अहमद विन अली रंगशाला
४० हजार दर्शक क्षमताको यो रंगशालामा सात खेल हुनेछ । यो कतारी संस्कृतिको प्रतिविम्व हो । रंगशालाको मुख्यद्वार नै कतारको प्रतिनिधित्व गर्ने गरी जटिल कौशलको प्रयोग गरिएको छ । जसले देशको प्रारम्भिक इतिहासदेखि व्यपारीकरणसमेत झल्काउँछ । यो रंगशाला मरुमूभिबाट निकै नजिक छ । त्यसैले रंगशालाको बाहिरी क्षेत्र र व्यापारिक स्टलहरु मरुभूमिकै शैलीको बनाइएको छ । यसको नाम सुरुमा अल रेयान राखिएपनि अहमद विन अली राखिएको हो । यहाँ प्रिक्वाटरफाइनल सम्मका खेल हुनेछन् ।
२१ नोभेम्बर – अमेरिकाविरुद्ध वेल्स
२३ नोभेम्बर – बेल्जियमेविरुद्ध क्यानडा
२५ नोभेम्बर – इङ्ल्यान्डविरुद्ध अमेरिका
२७ नोभेम्बर – जापानविरुद्ध कोष्टारिका
२९ नोभेम्बर – वेल्सविरुद्ध इङ्ल्यान्ड
१ डिसेम्बर – क्रोएसियाविरुद्ध बेल्जियम
३ डिसेम्बर – प्रिक्वाटर (‘सी’को विजेता र ‘डी’को उपविजेता)

एजुकेसन सिटी रंगशाला
यो रंगशाला विश्वभर चर्चित कतार फाउण्डेसनको हाताभित्र छ । यहाँ क्वाटरफाइनलसम्मका खेल हुनेछन् । हिराको आकारमा डिजाइन गरिएको यस रंगशालालाई ‘मरुभूमिको हिरा’ उपनाम दिइएको छ । यसलाई दिनमा टल्किने र रातमा चम्किने गरी निर्माण गरिएको छ । यो रंगशालामा सन् २०२१ को फिफा क्लब विश्वकपअन्तर्गत बायर्न म्युनिख र टाइग्रेसबीचको फाइनल खेल भएको थियो । विश्वकपपछि कतारको महिला टोलीले यसलाई घरेलु मैदानको रुपमा प्रयोग गर्नेछ । ४० हजार क्षमताको यस रंगशालामा ८ खेल हुनेछ ।
२२ नोभेम्बर – डेनमार्कविरुद्ध ट्युनेसिया
२४ नोभेम्बर – उरुग्वेविरुद्ध दक्षिण कोरिया
२६ नोभेम्बर – पोल्यान्डविरुद्ध साउदी अरेबिया
२८ नोभेम्बर – दक्षिण कोरियाविरुद्ध घाना
३० नोभेम्बर – ट्युनिसियाविरुद्ध फ्रान्स
२ डिसेम्बर – दक्षिण कोरियाविरुद्ध पोर्चुगल
६ डिसेम्बर – प्रिक्वाटर (‘एफ’को विजेता र ‘ई’ को उपविजेता)
९ डिसेम्बर – क्वाटरफाइनल (खेल ५३ र ५४ को विजेता )

अल थुमाना रंगशाला
यो रंगशालाको डिजाइन ‘गहफिया’ अरबी पुरुषहरुले लगाउने एक परम्परागत टोपीमा आधारित रहेर निर्माण गरिएको छ । यो पहिलो विश्वकपस्थल हो जसलाई कतारी वास्तुकार इब्राहिम अल जैदाले डिजाइन गरेका हुन् । यो रंगशालाको पनि आधा सिट निकालेर विकासशील देशलाई दान दिइनेछ । ४० हजार दर्शक क्षमताको यो रंगशालामा क्वाटरफाइनलको एक सहित ८ खेल हुनेछ ।
२१ नोभेम्बर – सेनेगलविरुद्ध नेदरल्यान्ड्स
२३ नोभेम्बर – स्पेनविरुद्ध कोष्टारिका
२५ नोभेम्बर – कतारविरुद्ध सेनेगल
२७ नोभेम्बर – बेल्जियमविरुद्ध मोरोक्को
२९ नोभेम्बर – इरानविरुद्ध अमेरिका
१ डिसेम्बर – क्यानडाविरुद्ध मोरोक्को
४ डिसेम्बर – प्रिक्वाटर (‘डी’को विजेता र ‘ई’को उपविजेता)
१० डिसेम्बर – क्वाटरफाइनल (खेल ५५ र ५६ को विजेता)

स्टेडियम ९७४
स्टेडियम ९७४ विश्वकपका लागि यो रंगशाला स्ट्यान्डर्ड सर्टिफाइड सिपिङ कन्टेनर र मोडुलर स्टिल सामाग्री (९७४ कन्टेनर) प्रयोग गरी निर्माण गरिएको प्रतिष्ठित रंगशाला हो । विश्वकपसँगै यो पूर्ण रुपमा नष्ट गरिनेछ । यस रंगशालाले पहिलो खेल आयोजना गर्नु अघि नैै इतिहास रचिसकेको छ । यो रंगशाला कतारको यूनिक स्थानमा रहेको छ । जुन स्थानले कतारको विश्वव्यापी व्यापार र समुद्री यात्राको लामो समयदेखि चलिरहेको परम्परालाई झल्काउँछ । रंगशालाको नाम ९७४ राखिएको छ । जुन कतारको लागि अन्तर्राष्ट्रिय डायलिङ कोड मात्र होइन, यो निर्माणमा प्रयोग भएको ढुवानी कन्टेनरहरूको सही संख्या पनि हो । ४० हजार दर्शक क्षमताको यस रंगशालामा ७ खेल हुनेछ ।

२२ नोभेम्बर – मेक्सिकोविरुद्ध पोल्यान्ड
२४ नोभेम्बर – पोर्चुगलविरुद्ध घाना
२६ नोभेम्बर – फ्रान्सविरुद्ध डेनमार्क
२८ नोभेम्बर – ब्राजिलविरुद्ध स्विट्रल्यान्ड
३० नोभेम्बर – पोल्यान्डविरुद्ध अर्जेन्टिना
२ डिसेम्बर – सर्वियाविरुद्ध स्विट्जरल्यान्ड
५ डिसेम्बर – प्रिक्वाटर (‘जी’को विजेता र ‘एच’ को उपविजेता)

खालिफा अन्तर्राष्ट्रिय रंगशाला

कतारले विश्वकप आयोजना अधिकार पाउनुअघि कतारमा रहेको यो नै एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला हो । यसको निर्माण सन् १९७६ मा भएको थियो । यो नै कतारको राष्ट्रिय रंगशालाका रुपमा रहेको छ । विश्वकपका लागि यहाँ पनि ठूलो मात्रामा पुनर्निर्माण गरिएको छ ।

यहाँ यसअघि एसियाली खेलकुद, खाडी कप र एएफसी एसियन कपको आयोजना भइसकेको छ । सन् २००९ मा यहाँ ब्राजिल र इंग्ल्याण्डबीच मैत्रीपूर्ण खेल भएको थियो । सन् २०१९ मा यही रंगशालामा लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको थियो । ४५ हजार दर्शक क्षमताको यस रंगशालामा ८ खेल हुनेछ ।

२१ नोभेम्बर – इङ्ल्यान्डविरुद्ध इरान
२३ नोभेम्बर – जर्मनीविरुद्ध जापान
२५ नोभेम्बर, नेदरल्यान्ड्सविरुद्ध इक्वेडर
२७ नोभेम्बर – क्रोएसियाविरुद्ध क्यानडा
२९ नोभेम्बर – इक्वेडरविरुद्ध सेनेगल
१ डिसेम्बर – जापानविरुद्ध स्पेन
३ डिसेम्बर – प्रिक्वाटर (‘ए’को विजेता र ‘बी’को उपविजेता)
१७ डिसेम्बर – तेस्रो स्थान

४ मंसिर २०७९, आईतवार ०८:१९ मा प्रकाशित
Nabintech