Play

वालिङ-१४ कफ्लेटीमा मरेको अवस्थामा चितुवा फेला

गुरुकुल खबर


स्याङ्जा: वालिङ नगरपालिका-१४ कफ्लेटीमा मरेको अवस्थामा चितुवा फेला परेको छ ।

शुक्रबार बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मरेको अवस्थामा फेला परेको हो । वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मरेको अवस्थामा भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले जानकारी दिए।

शुक्रबार बिहान खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो।

घरभित्र पसेको चितुवाले दुई महिलालाई आक्रमण गरी घाइते बनाएको थियो। मान्छेलाई आक्रमण गरी घाइते बनाएसँगै स्थानीयवासीले चितुवालाई घरमै थुनेका थिए। थुनेको चितुवा दिउँसो खोजी गर्दा मृत अवस्थामा भेटिएको बताइएको छ।

चितुवा बिरामी भएर वा विष खाएर मानिसलाई आक्रमण गरेको हुनसक्ने आशङ्का गरिएको छ।

चितुवाको आक्रमणबाट स्थानीय एक पुरुष र दुई महिला गरी तीनजना घाइते भएका थिए। घाइतेको अनुहार, छाती र पाखुरामा चोट छ।

उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते खतरामुक्त छन्।

२७ कार्तिक २०७९, आईतवार १७:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा