Play

निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने माथि निर्वाचन आयोग कडा रुपमा प्रस्तुत हुने

गुरुकुल खबर


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस कसैबाट नहाेस् भन्ने ध्येय निर्वाचन आयोगले लिएकाे बताएका छन् । अवज्ञा गर्नेमाथि कडा रुपमा प्रस्तुत हुने संकेत समेत दिएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवा संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्नेमा जोड दिएका छन् ।

उनले आचारसंहिता उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महंगो पर्ने चेतावनी समेत दिए । थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै ती तहलाई कारवाही हुने बताए ।

निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महंगो हुने र त्यस किसिमका दुस्साहस आयोगलाई साह्य नहुने चेतावनी समेत दिए ।

जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको संख्या बढी हुने बताउँदै उनले निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाहरुले सकारात्मक भूमिका निर्वाह खेल्न सक्ने उनले जनाए ।

‘मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

२३ कार्तिक २०७९, बुधबार १४:४२ मा प्रकाशित
Nabintech