Play

कांग्रेसले आफ्ना उम्मेदवारलाई चुनाव लड्न पैसा बाँडेको खुलासा

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई चुनाव लड्न पैसा बाँडेको खुलेको छ । आगामी ४ मंसिरको चुनावी खर्चस्वरुप प्रतिनिधिसभा उम्मेदवारलाई ४ लाख र प्रदेशसभा उम्मेदवारलाई २ लाख रुपैयाँ रकम उपलब्ध गराएको खुलासा भएको हाे ।

टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा बाँडेकाे बताइएकाे छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जना उम्मेदवार छन् ।

प्रदेशसभाका उम्मेदवारका लागि दुई लाख र प्रतिनिधिसभाका उम्मेदवारलाई ४ लाख रुपैयाँ वितरण गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । पैसा बाँड्ने क्रम गिरिजाप्रसाद कोइरालाको पालादेखिकै भएको र अहिले निरन्तरता दिने काम मात्र गरेको उनले दाबी गरेका छन् ।

पैसाको स्रोतलबारे उनले पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबीबाट जम्मा रकमलाई चुनावी खर्चको रुपमा वितरण गरिएको उनले दाबी गरेका छन् ।

२० कार्तिक २०७९, आईतवार १४:२० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा