Play

प्रभु साहलार्ई सत्ता गठबन्धनका केन्द्रिय नेताहरुको समर्थन, जिल्ला तहका नेताहरुको अबज्ञा

गुरुकुल खबर


रौतहट । सत्ता गठबन्धनको केन्द्रिय तहका नेताहरुले लिखित रुपमा रौतहट क्षेत्र नं. ३ मा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहलार्ई समर्थन गरेको भएता पनि जिल्ला तहका नेताहरुले त्यसको अबज्ञा गरेका छन् ।

सत्ता गठबन्धनले रौतहट क्षेत्र नंं ३ को प्रतिनिधिसभामा प्रभु साह, क प्रदेशसभा सदस्यमा नागेन्द्र यादब र ख प्रदेशसभा सदस्यमा सुनिल यादब उमेदवारलार्ई एक आपसमा सहयोग गर्ने निर्णय भएको थियो । तर रौतहटका जिल्ला तहका नेताहरुले केन्द्रिय तहका नेताहरुले गरेको निर्णयलाई अबज्ञा गरेका छन् ।

सो क्षेत्रको नेकपा एसको तर्फबाट क प्रदेशसभा सदस्य नागेन्द्र यादब र नेपाली कांग्रेसको तर्फबाट ख प्रदेश सभा सदस्य उमेदवार सुनिलकुमार यादवले संघका स्वतन्त्र उमेदवार ओमप्रकाश जयसवाललार्ई समर्थन गरेका छन । सुनिल यादब नेपाली कांग्रेसका जिल्ला सभापति हुन भने नागेन्द्र यादब नेकपा एसको तर्फबाट मधेश प्रदेशका वन तथा बाताबरण राज्य मन्त्री हुन ।

अहिले स्वतन्त्र उमेदवार जयसवाल,प्रदेश सभाका सदस्यका उमेदवार सुनिल यादब र नागेन्द्र यादबले संयुक्त ब्यानर बनाएर घरदैलो गरिरहेका छन ।

यता नेकपा माओबादी केन्द्रका उमेदवार धिरज पटेल पनि आफनो भोट माग्दै घरदैलो गरिहेका छन । उनलार्ई पार्टीले उमेदवारी फिर्ता लिन भनेपनि आफनो उमेदवारी कुनै पनि हालतमा फिर्ता नहुने जनाइ सकेका छन ।

केही दिन अघि नै नेकपा एस,नेपाली कांग्रेस र नेकपा माओबादीका केही नेताहरुले प्रभु साहलार्ई कुनै पनि हालतमा सहयोग गर्न नसकिने एक कार्यक्रमका बिच उदघोष गरिसकेका थिए । बुधबार जयसवाल सहितको टोलीले महमदपुर गाउको घरदैलो गरेको थियो । घरदैलोबाट उत्साह थपिएको संघिय संसदका उमेदवार ओम प्रकाश जयसवालले बताए । यो निर्वाचनमा संघमा जयसवाल क मा नागेद्र यादब र ख मा आफु निर्वाचित हुनेमा कुनै दुइमत नरहेको नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति समेत रहेका ख का उमेदवार सुनिल कुमार यादबले बताए।

उमेदवारी दिने बेलामा एमालेलार्ई धोका दिएर स्वतन्त्र उमेदवारी दिएका प्रभु साहलाई अहिले न त सत्ता गठबन्धनको सर्मथन छ न त एमाले कै । अघिल्लो २०७४ सालको निर्वाचनमा सुनिल कुमार यादब निकटतम प्रतिद्धन्दीको रुपमा रहेका थिए । जयसलवाले सो निर्वाचनमा पनि करिब ९ हजार ल्याएका थिए ।

जयसवाल अहिले माछा छापको चुनाब चिन्ह लिएर चुनाबमा होमिएका छन । उनलाई नेपाली कांग्रेस र नेकपा एसको सर्मथन छ ।

उता प्रभु साहले पनि आफना स्वतन्त्र उमेदवार क का कुन्दन कुशवाह र ख का केशब राय चौधरीलाई साथ लिएर भोट माग्दै हिडेका छन ।

सोही क्षेत्रको क मा एमाले जसपा गठबन्धनको तर्फबाट पुर्व मन्त्री गोबिन्द चौधरीको छोरी पुजा चौधरीले उमेदवारी दिएकी छिन । उनी पनि दलबल सहित घरदैलो अभियानमा सक्रिय देखिदै आएकी छिन ।

१७ कार्तिक २०७९, बिहीबार १४:५१ मा प्रकाशित
Nabintech