Play

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ र देउवा प्रधानमन्त्री बन्नुहुन्छ- प्रवक्ता डा महत

गुरुकुल खबर


पोखरा , नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आसन्न मंसीर ४ गते हुने निर्वाचन पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यस सरकारको नेतृत्व पार्टीका सभापति शेर बहादुर देउवाले नै गर्ने स्पष्ट पारेका छन ।

नेपाली कांग्रेस कास्कीको कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा बोल्दै डा महतले भने , अबको चुनाब पछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ र त्यो सरकारको नेतृत्व शेर बहादुर देउवाले नै गर्नुहुन्छ ।’ डा महतले देउवालाई कम बोलेर धेरै काम गर्न सक्ने नेताको रुपमा समेत चित्रण गरे ।

उनले भने – नेकपा एमालेका अध्यक्ष केपी ओली घण्टौ बोल्न सक्छन तर कांग्रेस सभापति देउवा ५ मिनेट भन्दा बढ़ी नबोलेर पनि धेरै काम गर्न सक्ने नेता हुन । कांग्रेस प्रवक्ता डा महतले कहिले कांही भने धेरै बोल्दा फाईदा हुने कुराको समेत चर्चा गरे ।

बोल्नेको पिठो बिक्छ र नबोल्नेको चामल बिक्दैन भन्ने उखान जस्ता २०७४ को चुनावमा केपी ओलीको बोलीले जनतालाई भ्रममा पार्न सफल भएको र चुनाबको नतिजा समेत राम्रो प्राप्त भएको बताए । ओलीले जनतालाई धेरै सपना देखाएको तर काम केही गर्न नसकेपछि ओलीको ओरालो यात्रा शुरु भएको समेत स्पष्ट पारे ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ केन्द्रीय प्रचार प्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा महंतले खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसार उपसमितिले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै यस पटक कांग्रेसले धेरै उमेदवार उठाउने भन्दा पनि धेरै उमेदवार जिताउने रणनीति अनुसार काम गरिरहेको स्पष्ट पारे ।

पार्टीले राम्रो परिणाम निकाल्नका लागि अन्य दल संग गठबन्धन गरेर थोरै उमेदवार बनाएको भएपनि परिणाम राम्रो आउने विश्वास व्यक्त गरे । चुनाबपछि परिणाम निकाल्नका लागि उमेदवार धेरै दिने भन्दा परिणाम धेरै ल्याउने नीति अनुसार काम गरिएको प्रवक्ता डा महतको भनाई थियो ।

‘कांग्रेस ठूलो पार्टी हो, अन्य दलका भन्दा धेरै मतदाता र नेता छन् । तर प्रत्यक्ष निर्वाचनमा थोरै मतले हारजित हुने गर्छ, एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएर थोरै सिट जित्नुभन्दा ९१ ठाउँमा उम्मेदवार दिएर धेरै सिट जित्ने सिद्धान्तअनुसार नै कांग्रेस अगाडि बढेको हो’, उनले भने, ‘सीमित नेताले मात्र टिकट पाएका छन्, चित्त सानो नगरी कांग्रेस तथा पाँच दलीय गठबन्धनअन्तर्गत निर्वाचनमा उम्मेदवार बनेका अन्य पार्टीका उम्मेदवारलाई जिताउन हरेक कांग्रेस कार्यकर्ता सक्रिय भएर लागौँ ।’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं आसन्न निर्वाचनका लागि टेलिभिजन समन्वय तथा प्रचार प्रसार उपसमितिका संयोजक डा डिला संग्रौलाले चुनावको समयमा तथा सरकार बाहिर रहेको बेला युवा र खेलाडीको आवश्यकता महशुस गर्ने कांग्रेसले सरकारमा रहंदा पनि उनिहरुको खोजी गर्नुपर्ने कुरामा जोड दिईन ।

अहिले चुनावको बेला छ , १ बुंथ हन्ड्रेड युथ को नारा चल्छ तर उनिहरुलाई परिचालन गर्न रचनात्मक पहल आवश्यक छ – संग्रौलाको भनाई थियो ।  युवालाई निर्वाचनअघिपछि  निर्वाचनका वेलामा हुने सम्पूर्ण प्रक्रियामा समेट्न सक्यो भने निर्वाचनलाई समावेशी  पहुँचयुक्त बनाउन सकिन्छ  यसले लोकतन्त्रलाई थप बलियो बनाउने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले प्रशस्त मात्रामा सम्भावना भएको देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्न सक्यौँ भने देश समृद्धितर्फ अगाडि बढ्न समय नलाग्ने बताए ।

‘राजनीतिक बेथितिले हामीलाई कमजोर बनाएको छ, राजनीतिक व्यवस्थापन मिलाउन सक्यौँ भने समाज छिट्टै रुपान्तरण हुन्छ । अहिले पनि दूरदराजका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकेका छैनौँ । कांग्रेसले अब तिनै गरिब जनताको जीवनस्तर उठाउन आफ्ना योजना अघि सार्ने छ’, उनले भने ।

खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति संयोजक कर्मछिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न भेटघाट तथा छलफल कार्यक्रममा सह-संयोजक शुभराम बस्नेत, कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा , महासमिति सदस्य विरेन्द्र नारायण बिजुक्छे, नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारी, आर्चरी संघका अध्यक्ष बसन्त थकाली, गण्डकी संयोजक रत्न श्रेष्ठ, कास्की क्षेत्र नं २ का  संयोजक प्रितम गुरूङ लगाएतले कांग्रेसलाई बलियो बनाउन खेलकुद युवा  प्रजातन्त्र जोड़न सके लोकतन्त्र  मजबुद हुने बिस्वास व्यक्त गरे  ।

१५ कार्तिक २०७९, मंगलवार २३:४२ मा प्रकाशित
Nabintech