काठमाडौं । पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि हुने भएको छ ।
प्रतियोगिता कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगिता त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ छन् ।
प्रतियोगिताको उद्घाटन खेल त्रिवि क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन मुलपानी क्रिकेट मैदानमा मैदानमा पुलिस क्लब र बागमती प्रदेश भिड्नेछन् ।
१३ कार्तिक २०७९, आईतवार ०८:२५ मा प्रकाशित