Play

दक्षिण कोरियाको राजधानी सोलमा भागदौड : १४९ जनाको मृत्यु‚ ७६ घाइते

गुरुकुल खबर


काठमाडौँ — दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने ७६ भन्दा धेरै घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा पनि १४९ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन मनाउनका लागि मानिसहरू जम्मा भएका थिए । कोभिड-१९ महामारीपछिको यो नै पहिलो हलोविन भएकाले पनि धेरै मानिसहरू जम्मा भएको बताइएको छ । रिपोर्टका अनुसार यहाँ करिब १ लाख मानिस भेला भएका थिए ।

मृत्यु भएका अधिकांश किशोर/किशोरी भएको अधिकारीले बताएका छन् । भागाभाग हुन थालेपछि प्रहरीलाई समेत उक्त भागदौड रोक्न मुस्किल परेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन‚ बेलायतका प्रधानमन्त्री ऋषि सुनाक र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले उक्त दुर्घटनाप्रति चिन्ता व्यक्ति गर्दै समवेदना प्रकट गरेका छन् ।

घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ । भागदौडका कारण सयौंलाई हृदयघात भएको बताइएको छ । घटनाको कारण भने अझै खुलिनसकेको समाचार एजेन्सी योनहेपलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

दुर्घटनापछि कोरियाका राष्ट्रपति युन सुक-योलले इतेवन क्षेत्रमा तुरुन्त उद्धार टोली खटाउन निर्देशन दिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भीडमा भाग्न खोज्दा धेरै मानिस सडकमा लडेको देखिएको छ । उनीहरूलाई हाल सीपीआरको माध्यमद्वारा उपचार गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन् ।

भागदौडका कारण भीडमा सास फेर्नसमेत गाह्रो भएको उक्त र्‍यालीमा सहभागीले बताएको अग्निशमन विभागका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

 

१३ कार्तिक २०७९, आईतवार ०८:२० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा