Play

गठबन्धनका उम्मेदवारलाईआफ्नै उमेदवार सम्झेर मतदान गर्न गुरुङको आग्रह

गुरुकुल खबर


पोखरा । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले गठबन्धनका उम्मेदवारहरुलाई काँग्रेस नेता तथा कार्यकर्ताले आफ्नै उमेदवार सम्झेर मतदान गर्न आग्रह गरेका छन् ।

५ दलीय गठबन्धन पोखरा ६ को वडा सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दै अध्यक्ष गुरुङले गठबन्धन हार्दा देशले नै हार्ने हुँदा गठबन्धनका उमेदवारहरुलाई काँग्रेसका उमेदवार सम्झेर मतदान गर्न आग्रह गर्नु भएको छ ।

आगामी मंसिर ४ को निर्वाचन निरंकुश बिरुद्ध लडाईको आन्दोलन भएको उल्लेख गर्दै अध्यक्ष गुरुङले सम्पूर्ण गठबन्धनका उमेदवारहरुको अभियानमा एक जुट हुन आग्रह गर्नु भयो । यसपालीको निर्वाचनबाट निरंकुश बादीहरुलनाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नु पर्ने उहाँको भनाई थियो ।

एकिकृत समाजबादीका समानुपातिक उमेदवार रत्ना गुरुङले देशमा राष्ट्रिय एकताको लागि गठबन्धन आयश्यक भएको बताउनु भयो ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवनले मुलुकको हितको लागि पवित्र गठबन्धन भएको दाबी गर्नुभयो । जसले आफुहरुलाई अपवित्र गठबन्धन भन्ने गरेका छन उनीहरु नै वास्तवामा अपवित्र गठबन्धन गर्ने गरेको उहाँको आरोप थियो ।

कास्की क्षेत्र नम्बर ३ (२) का प्रदेश सभा सदस्यका प्रत्यासी उमेदवार प्रकाश बरालले युवाहरुलाई स्वदेशमै राख्ने गरी बृहत योजना ल्याउनु पर्नेमा जोड दिनुभयो । पोखरा सहित यस क्षेत्रको पर्यटकीय गन्तव्यहरुको खोजी गरी एग्रो पर्यटन प्रबद्र्धन गर्न आवश्यक भएको उहाँको भनाई थियो ।

निर्वाचन परिचालन कमिटि संयोजक सन्तोष पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सहसचिव कृष्ण आचार्यले बताउनुभयो।

८ कार्तिक २०७९, मंगलवार २०:५० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा