Play

चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङ निर्वाचित, कम्युनिस्ट पार्टीको महासचिवका रूपमा पनि अभूतपूर्व तेस्रो कार्यकाल सुरु

गुरुकुल खबर


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी)को सम्मेलनले चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङलाई निर्वाचित गरेको छ ।

सम्मेलनले अनुमोदन गरेसँगै चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले कम्युनिस्ट पार्टीको महासचिवका रूपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेका छन् । तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका छन् ।

एक सातासम्म चलेको सीपीसीको महाधिवेशन शनिबार समापनपछि सरकारी समाचार संस्था सिन्ह्वाले नयाँ केन्द्रीय समितिका नेताहरूको नाम सार्वजनिक गरेको छ । २०२३ मार्चमा उनको कार्यकाल सकिँदै छ । ६९ बर्से सी फेरि राष्ट्रपति भएसँगै संस्थापक नेता माओत्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । उनी केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् ।

सम्मेलनले सीलाई ‘ग्रेट लिडर’को उपाधि पनि दिएको छ । यसअघि यो उपाधि माओले पाएका थिए, जसले चीनमा २५ वर्ष शासन गरेका थिए । सन् २०१२ मा सीपीसीको महासचिव भएका सी २०१३ मा पहिलोपल्ट चीनका राष्ट्रपति बनेका थिए । त्यो बेला दुई कार्यकाल राष्ट्रपति बनेका हु जिन्ताओको ठाउँ सीले लिएका छन् । हाल पुनः सम्मेलनबाट महासचिवमा निर्वाचित भएसँगै तेस्रो पटक राष्ट्रपतिमा चुनिएका छन् ।

१५ जुन १९५३ मा राजधानी पेइचिङनजिकैको एक गाउँमा जन्मेका सीले लामो समयसम्म शक्ति सञ्चय यात्रा सुरु गरेका छन् । उनले कम्युनिस्ट पार्टीलाई नयाँ रूप मात्रै दिएनन्, रूपान्तरणसमेत गरेका छन् । उनले यसअघिको कार्यकालमा सेना र सरकार सावधानीका साथ चलाएका थिए । पुनः नेतृत्वमा आएसँगै उनले अबको कार्यकाल कसरी गर्नेछन्, त्यो भने हेर्न बाँकी छ ।

राष्ट्रपति सीको शक्ति सञ्चय यात्रा लामो छ । मूलतः सीले कम्युनिस्ट पार्टीलाई एक नयाँ रूप दिएका थिए । उनको नेतृत्वमा चीनले घरेलुस्तरमा मात्र नभएर विदेश नीतिमा पनि थुप्रै परिवर्तन गरेको छ ।

सीसँगै मिलेर काम गरेका कतिपय उच्च नेता भ्रष्टाचार आरोपमा जेल जीवन बिताइरहँदा उनी भने शक्तिशाली बनेका छन् । गत महिना मात्रै चीनको अदालतले पूर्व उपमन्त्री सुन लिजुन, पूर्वन्यायमन्त्री फु झेङहुआ र संघाई चोङकिङ भ्रष्टाचारको आरोपमा जेल पठाउने आदेश दिएको थियो ।

उनको कार्यकालमा चीनमा हाई स्पिठ रेल नेटवर्कदेखि नयाँ ग्लोबल व्यापारिक मार्गसम्म अघि बढेको छ । विश्वको अर्थतन्त्रमा ठूलो मुलुक चीन अहिले पहिलो हुने प्रतिस्पर्धामा छ । चीनले अर्थतन्त्रलाई अझ मजबुत बनाउन उनले धेरै परियोजना सुरु गरेका थिए ।

हाल, भर्खरै निर्वाचित नयाँ केन्द्रीय समितिमा सात सदस्यीय स्थायी समितिमा रहेका चार जनाको नाम छैन । नाम नहुने स्थायी समिति सदस्यमा प्रधानमन्त्री ली खछ्याङ, ६७, नेसनल पिपुल्स कंग्रेस (संसद)का अध्यक्ष ली चान्सु, ७२, चाइनिज पिपुल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ, ६७, र उपप्रधानमन्त्री हान चेङ, ६८, छन् । उनीहरू चारै जनाले अवकाश पाएका छन् ।
करिब २ सय सदस्यीय केन्द्रीय समिति २५ सदस्यीय पोलिटब्युरो मातहत हुन्छ । पोलिटब्युरोभन्दा माथि स्थायी समिति हुन्छ । केन्द्रीय समितिमा नपर्नुको अर्थ सो व्यक्तिले पार्टी वा सरकारमा महत्वपूर्ण पद पाउनेछैन ।

को हुन् सी ?

सी चिनफिङको जन्म चीनको छ्याङ्ची प्रान्तको फुम्पिङ सहरमा सन् १९५३ जुन १५ भएको हो । सी चिनफिङ चीनको पूर्वसहायक प्रधानमन्त्री सी होङ्सुनका सुपुत्र हुन् । होङ्सुन माओका युद्धकालीन मित्र थिए ।

उनी १९६६–१९७७ सम्म सञ्चालित चिनियाँ सांस्कृतिक क्रान्तिको मुख्य नेतासमेत थिए । सीको बाल्यकाल सांस्कृतिक क्रान्तिको अवधिमा बेइजिङको सम्भ्रान्त परिवार र विलासी आरामदायी वातावरणमा बित्यो । यही अवस्थामा सी होङ्सुनले पार्टी र सरकारको खुलेरै आलोचना र विरोध जनाएबापत पार्टीले उनलाई कारबाही गरेपछि सी चिनफिङ पनि बुबासँगै चीनको ग्रामीण इलाकाको कृषि कम्म्युनमा पठाइयो । यससँगै सीको संघर्षको पाइला अघि बढेको पाइन्छ ।

छाङ्जी प्रान्तस्थि ग्रामीण क्षेत्रका कृषक र स्थानीय बासिन्दासँंग ६ वर्षसम्म कृषि कामदारका रूपमा बिताएका थिए । सीले यही समयमा स्थानीय कृषकसँग राम्रो सम्बन्धसमेत स्थापित गर्ने अवसर मिलेको थियो । गरी १९७४ मा अफिसियल पार्टी सदस्यका रूपमा काम गरेका उनले स्थानीय पार्टी शाखा कमिटीको सचिव भएर काम गरेका थिए । यही कामको जगबाट सी कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा पुग्ने व्यक्तिका रूपमा परिचित बनेका छन् ।

कृषि कम्युनमा काम गर्ने सिलसिलामा बेइजिङको सिङ्घ्वा युनिभर्सिटीमा केमिकल इन्जिनियरिङमा अध्ययनसमेत सुरु गरेका सीले १९७९ मा ग्रेजुएसन सकेपछि उनले जिङ बाओको सचिवका रूपमा तीन वर्षसम्म काम गरेका थिए । जिङ्बाओ चीनको केन्द्रीय सरकारको उपप्रधान तथा रक्षामन्त्री थिए । सीले उक्त सचिवको काम पनि सन् १९८२ मा त्यागेर सीसीपीको हिवे प्रान्तको सहायक सचिवका रूपमा काम गर्न आरम्भ गर्न पुगे । यसरी, सीले १९८५ सम्म यही जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उनलाई पार्टीले प्mयुजेन प्रान्तको कम्युनिस्ट पार्टीको सदस्य र भाइस मेयरका रूपमा नियुुक्त गरेपछि काम गर्ने अवसर प्राप्त भयो ।

चीनको दुर्गम फुजेन प्रान्तमा बस्दा बस्दै सीले १९८७ मा प्रसिद्ध लोक गायिका पेङ लियाङसँग विवाह गरेका थिए । उनले १९९५ मा यही जिम्मेवारीलाई निरन्तरता दिने क्रममा उनी फुजेनको प्रान्तीय सहायक सचिवमा बढुवा भए ।

सन् १९९९ मा सी फुजेन प्रान्तको कार्यकारी गभर्नर पनि बन्न सफल भए । उनी २००२ सम्म सहायक जनरल सेक्रेटरी र गभर्नरका रूपमा काम गरेका उनले यस समयमा आप्mनो सामथ्र्य र क्षमता प्रस्तुत गरी आप्mनो राजनीतिक उचाइ हासिल गरिसकेका थिए । उनले झिज्याङ प्रान्तको गर्भनरका रूपमा पनि काम गरेका थिए भने २००३ देखि पार्टी सेक्रेटरीका रूपमा पनि काम गर्न थाले । उनले उक्त प्रान्तको दिगो विकासका लागि प्रान्तीय उद्योग भौतिक पूर्वाधारको पुनर्संरचनातर्फ जोड दिई जनतामाझ लोकप्रियता हासिल गरे ।

६ कार्तिक २०७९, आईतवार २१:१३ मा प्रकाशित
Nabintech