Play

सुशासनको अभियानमा गठबन्धन: कांग्रेस केन्द्रीय सदस्य बराल

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले मुलुकको समृद्धि र स्थायित्वका साथै राजनीतिक स्थिरताका लागि पनि मंसिर ४ मा गठवन्धनका उम्मेद्वारलाई जिताउनुपर्नेको विकल्प नभएको बताएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगर समितिद्वारा शनिबार पोखरामा आयोजित  प्रथम महानगरको उद्घाटन गर्दै केन्द्रीय सदस्य बरालले विगतमा दुई तिहाइ बहुमत प्राप्त सरकारले संविधान फ्याक्नका लागि गरेको दुश्कार्यको परिणाम वर्तमान गठबन्धन भएको स्पष्ट पारे ।  नेता बरालले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले  अब टिकट र पार्टीभित्रको आन्तरिक समस्यामा बहस छाडेर उम्मेद्वारलाई जिताउन आवश्यक रहेको उनले बताए ।

नेपाली कांग्रेस कास्कीका निवर्तमान सभपाति कृष्ण केसीले पार्टीभित्रका तितामीठा बहसलाई थाति राखेर गठवन्धनका उम्मेद्वारलाई जिताउन लाग्नुपर्ने खाँचो औंल्याए । नेता केसीले टिकट जसले जसरी पाएपनि बहस गर्न छाडी आफ्ना उम्मदेवारलाई जिताउन तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए ।

नेपाली काँग्रेसका नेता एवम् कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मुलुकको राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धन दललाई मत दिएर जिताउन आग्रह गरे । कास्की क्षेत्र नं २ ख का उम्मेदवार समेत रहेका मन्त्री थापाले अबको निर्वाचनको संविधानको रक्षाकासाथै मुलुकमा समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसकी प्रदेश महामन्त्री कोपिला रानाभाट, संविधानसभा सदस्य वृन्दा राना, पार्टीका जिल्ला उपसभापति रामबाबु भण्डारी, सहसचिव शंकर ढुंगाना, पार्टीका क्षेत्रीय सभापति केशव निर्दोषी, महानगरका निवर्तमान सभापति बजिरमान श्रेष्ठ, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल, सम्पुर्ण वडा इकाई सभापतिहरुको तर्फबाट वडा नं ७ का काँग्रेस ईकाई सभापति नविन बराललगायतले कार्यक्रममा आ आफ्नो भनाई राखेका थिए ।

नेपाली कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्र विजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं उपसभापति भवसागर बरालले स्वागत र सचिव टुवराज बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

महानगर सभामा सचिव टुवराज बाँस्तोलाले वार्षिक कार्य प्रतिवेदन र कोषाध्यक्ष सम्मबरबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

६ कार्तिक २०७९, आईतवार ०८:०४ मा प्रकाशित
Nabintech