Play

टेवल टेनिस महिला र पुरुष सिंगल्स तर्फका फाइनल खेल भोली हुने

गुरुकुल खबर


पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा पुरुष सिंगल्सतर्फ स्यान्टो र रुविनबीच पुरुष सिंगल्स ईभेन्टस् तर्फको फाइनल खेलमा नेपाल प्रहरीका स्यान्टो श्रेष्ठ र शसस्त्र प्रहरीका रुविन महर्जन बीच प्रतिष्पर्धा हुने भएको छ ।

रामबजार नजिक कोल्मा बहाकोट तमु समाजमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा नेपाल प्रहरीका स्यान्टो महर्जनले नेपाल प्रहरीकै संयोग कपालीलाई ११–८, ११–३, १२–१०, ११–१३, ११–१३, ११–५को ४–२ सेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

यसैगरी शसस्त्र प्रहरीका रुविन महर्जनले नेपाल प्रहरीका प्रदीप रोकालाई ५–११, १२–१०, ११–६, ११–८, ११–८ को ४–१ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । श्रेष्ठ र महर्जन बीच स्वर्ण पदकका लागि बुधबार प्रतिष्पर्धा हुनेछ ।

यसैगरी महिला सिंगल्स ईभेन्ट तर्फ एलिना महर्जन र नविता श्रेष्ठ बीच स्वर्ण पदककालागि प्रतिष्पर्धा हुनेछ । दुवै जना नेपाल प्रहरीका खेलाडी हुन् ।
यसअघि नविता श्रेष्ठले आफ्ना प्रतिद्धन्द्धि शसस्त्र प्रहरीकी सिक्का सुवाललाई ११–७, ११–७, ७–११, ५–११, ११–७, ११–६ को ४–२ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् ।

अर्की प्रतिष्पर्धी नेपाल प्रहरीकी एलिना महर्जनले त्रिभुवन आर्मी क्लवकी रविना महर्जनलाई ५–११, ८–११, ११–९, ३–११, ६–११ को ४–१ सेटले पराजित गरी फाइनलको यात्रा तय गरेकी हुन् । महर्जन र श्रेष्ठबीच फाइनलका लागि बुधबार प्रतिष्पर्धा हुनेछ ।

फाइनल प्रतियोगिता सम्पन्न पछि बुधबार नै विजयी खेलाडीहरुलाई मेडल प्रदान गरिने टेवल टेनिस खेलका राष्ट्रिय कोर्डिनेटर सन्तोष चापाँगाईले जानकारी दिए ।

१ कार्तिक २०७९, मंगलवार १९:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा