तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आगामी निर्वाचनमा विद्यार्थी सङ्गठनको राजनीतिक पृष्ठभूमिबाट आएका उम्मेदवार उल्लेख्य

गुरुकुल खबर गुरुकुल खबर
२०७९ कार्तिक १ मा प्रकाशित
in राजनीति, Breaking News, बाग्मती प्रदेश, विशेष, समाचार
आगामी निर्वाचनमा विद्यार्थी सङ्गठनको राजनीतिक पृष्ठभूमिबाट आएका उम्मेदवार उल्लेख्य
30
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रीय विद्यार्थी सङ्गठनको राजनीतिक पृष्ठभूमिबाट आएका उम्मेदवार उल्लेख्य छन् ।

प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत साना दलले समेत पार्टीको ‘नर्सरी’ मानिने विद्यार्थी सङ्गठनलाई आधार बनाएर उदाएका व्यक्तिलाई सङ्घीय र प्रदेश सभा सदस्यको उम्मेदवार बनाएका छन् । यसरी प्रतिस्पर्धामा आएकामध्ये केही पार्टीको केन्द्रीय राजनीतिमा जमिसकेका छन् । केही भने भर्खरै चुनावी अनुभव लिँदै छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल विद्यार्थी सङ्घको संस्थापक सभापति हुनुहुन्छ । उहाँ डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । सङ्घकै पूर्वअध्यक्ष तथा गृहमन्त्री बालकृष्ण खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट तथा पूर्वअध्यक्ष बलबहादुर केसी सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि नेविसङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएका पार्टीका महामन्त्री गगन थापा पनि सङ्घको पूर्वमहामन्त्री हुनुहुन्छ ।

सङ्घका पूर्वअध्यक्षहरू धनराज गुरुङ र किशोरसिंह राठौर क्रमशः स्याङ्जा क्षेत्र नम्बर २ तथा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएको नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका प्रदीप पौडेल तथा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएका एनपी साउद पनि सङ्घको पूर्वअध्यक्ष हुनुहुन्छ ।

सङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष जित शेरचन बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (ख)बाट प्रदेश सभा उम्मेदवार बन्नुभएको छ । अध्यक्ष शेर्पाका अनुसार सङ्घका पूर्वउपाध्यक्ष डम्बर आङ्देम्बे इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले दोलखाको प्रदेश (क), पूर्वउपाध्यक्ष डिल्लीराज सुवेदी बागलुङ क्षेत्र नम्बर १ को (ख)बाट उम्मेदवार बन्नुभएको छ ।

नेकपा (एमाले)ले पनि अनेरास्ववियुको पूर्वअध्यक्षदेखि केन्द्रीय कमिटीमा रहेर राजनीति गरेकालाई सङ्घ र प्रदेश सभाको सदस्य बनाएको छ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका शङ्कर पोखरेल पार्टीका महासचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष हुनुहुन्छ ।

सङ्गठनकै पूर्वअध्यक्ष तथा पार्टीका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको छ । उहाँ २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । अनेरास्ववियुकै केन्द्रीय कमिटीमा रहेर काम गरिसक्नुभएका र महेन्द्ररत्न क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति बन्नुभएका विशाल भट्टराई खोटाङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

हाल प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पनि तत्कालीन नेकपा (एमाले)निकट अनेरास्ववियुकै पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ हाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा आबद्ध हुनुहुन्छ । उहाँ सोही पार्टीको तर्फबाट भोजपुर क्षेत्र नम्बर (क)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । सङ्गठनकै पूर्वअध्यक्ष रामकुमारी झाँक्री अहिले नेकपा (एकीकृत समाजवादी)को तर्फबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ सङ्गठनकै पूर्वअध्यक्ष हिक्मत कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश (क)बाट, पूर्वअध्यक्ष ठाकुर गैरे पाल्पा क्षेत्र नम्बर २ बाट, पूर्वअध्यक्ष ऐन महर बझाङबाट तथा पूर्वउपाध्यक्ष महेश बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । सङ्गठनका वर्तमान अध्यक्ष सुनिता बराललाई भने एमालेले प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ ।

सङ्गठनका पूर्वउपाध्यक्ष रहनुभएका विनोद ढकाल मोरङ क्षेत्र नम्बर ४ बाट, पूर्वमहासचिव भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

अनेरास्ववियुकै केन्द्रीय कमिटीमा लामो समयसम्म विभिन्न भूमिकामा रहनुभएका यज्ञराज सुनुवार ओखलढुङ्गाबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले भन्नुभयो, “पार्टीले युवा र विद्यार्थी राजनीतिबाट उदाएका धेरैलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । जुन सकारात्मक पक्ष हो ।”

माओवादी केन्द्रले अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष तथा पार्टीका महासचिव देव गुरुङलाई लमजुङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । त्यस्तै पूर्वअध्यक्ष देवेन्द्र पौडेल बागलुङ क्षेत्र नम्बर २ बाट तथा सङ्गठनकै पूर्वकेन्द्रीय सदस्य शक्ति बस्नेत जाजरकोटबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

सङ्गठनका पूर्वउपाध्यक्ष गङ्गानारायण श्रेष्ठ र युवराज चौलागाई क्रमशः सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश (ख) तथा रामेछाप प्रदेश (ख)बाट, पूर्वसचिव तथा बागमती प्रदेशका पूर्वमन्त्री रत्न ढकाल काभे्र प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (क)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

अर्का पूर्वउपाध्यक्ष सुदीप कुँवर पर्वतबाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । पूर्वमन्त्री तथा सङ्गठनकै पूर्वसचिव कल्पना धमला काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । पूर्वउपाध्यक्ष रामदीप आचार्य प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार हुनुहुन्छ ।

क्रान्तिकारीकै पूर्वकेन्द्रीय सदस्य माधव सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको सदस्य उम्मेदवार बन्नुभएको छ । सङ्गठनका पूर्वअध्यक्ष रमेश मल्लले भन्नुभयो, “जिल्लाबाट थुप्रै युवा विद्यार्थी नेता प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि सिफारिसमा पर्नुभए पनि वाम लोकतान्त्रिक गठबन्धनका कारण सिफारिसमा पर्नुभएका सबै उम्मेदवार बन्न सक्नुभएन ।”

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.