Play

सफ्ट टेनिसतर्फ सेमिफाइनलका पुरुष महिला सिंगल्स खेल सम्पन्न

गुरुकुल खबर


 

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज आइतवार सफ्ट टेनिसतर्फ सेमिफाइनलका पुरुष महिला सिंगल्स खेलहरु सम्पन्न भएका छन् ।
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत पुरुषतर्फ प्रदेश नं. १ का युकेश योञ्जनले वाग्मती प्रदेशका निर्मल स्थापितलाई ४–० तथा वाग्मती प्रदेशका प्रदीप खत्रीले लुम्वीनी प्रदेशका सुरज चौधरीलाई ४–२ सेटले पराजित गरे ।
त्यसैगरी महिलातर्फ वाग्मती प्रदेशकी चन्द्रमायाँ राईले प्रदेश नं. १ की श्रेया योञ्जनलाई ४–१ साथै ससस्त्र प्रहरीकी समृद्धि महर्जनले वाग्मती प्रदेशकी स्वस्तीका विष्टलाई पनि ४–१ सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरिन् ।

सफ्ट टेनिसतर्फ भोली सोमवारबाट मेन्स डबल्स्का खेलहरु हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।

३० आश्विन २०७९, आईतवार २२:२७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा