पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद टेबुल टेनिस प्रतियोगितामा नेपाल पुलिस क्लवले दुई गोल्ड मेडल हात पारेको छ । शनिबारदेखि पोखराको कोल्मा बहाकोट तमु समाजमा सु्रु भएको प्रतियोगितामा वुमन्स टिम ईभेन्ट तथा मेन्स टिम इभेन्ट तर्फ नेपाल पुलिस क्लवले गोल्ड मेडल हात पारेको हो ।
वुमन्स टिम ईभेन्टमा नेपाल पुलिस क्लवले नेपाल शसस्त्र प्रहरी बललाई ३ २, ३ –१, ० –३, ३ –१ को ३ १ ले पराजित गर्दै गोल्ड मेडल हात पार्न सफल भएको हो ।
यसैगरी मेन्स टिम ईभेन्ट तर्फ नेपाल पुलिस क्लवले बाग्मति प्रदेशलाई ३ –० ३ –० ३ १ को ३ ० ले पराजित गर्दै गोल्ड मेडल प्राप्त गर्न सफल भएको हो ।
शनिबार सम्पन्न टिम ईभेन्टमा वुमन तर्फ नेपाल शसस्त्र प्रहरी बलले रजत पदक प्राप्त गरे भने बाग्मति प्रदेश र त्रिभुवन आर्मी क्लवले कास्य पदक हात पारेका छन् ।
यस्तै मेन्स टिम इभेन्ट तर्फ बाग्मति प्रदेशले रजत पदक हात पारे भने एनआरएन ए र प्रदेश नं १ ले कास्य पदकमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगितामा वुमन्स टिम ईभेन्ट तर्फ नेपाल शसस्त्र प्रहरी बलले त्रिभुवन आर्मी क्लवलाई ३–०, ३–०, ३–१ को ३–० ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए भने नेपाल पुलिस क्लवले बाग्मति प्रदेशलाई ३०,३–१,३–० को ३–० ले पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए ।
यसैगरी मेन्स टिम ईभेन्ट तर्फ नेपाल पुलिस क्लवले एनआरएन ए लाई ०–३,३–०,३–०,३–० को ३–१ ले पराजित गर्दै फाईनलको बाटो तय गरेका थिए भने बाग्मति प्रदेशले १–३,३(०,३–०,३–०,३–१ को ३–२ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।
आईतबार मिक्स डबलका साथै मेन्स र वुमन्स डबल खेल हुने राष्ट्रिय टेवल टेनिस खेलका कोर्डिनेटर सन्तोष चापाँगाईले जानकारी दिए ।